भदौ १२, काठमाडौं। श्रीलंकन एयरलाइन्सले नेपालमा पहिलो पटक उडान गर्ने भएको छ ।
उक्त विमान सेवाले कोलम्बो काठमाडौं दुईतर्फी उडान गर्ने तयारी शुरु गरेको हो ।
नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएसँगै कम्पनीले आगामी मंगलवारदेखि कोलम्बो काठमाडौं उडान गर्ने बताइएको छ ।
श्रीलंकनले मंगलवार र शनिवार गरी साताको दुई दिन उडान गर्ने छ ।