कोलम्बो– टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलंका र इस्तानबुलबीच सिधा उडान शुरु गरेको छ । विमानस्थल तथा उड्डयन सेवा श्रीलंका लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलंका यडान सेवा सञ्चालनमा ल्याएको हो । टर्कीको विमान श्रीलंका आइपुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रसिरीले दुई देशबीच सातामा चार वटा उडान हुने जानकारी दिए। […]