सवारी दुर्घटना न्युनिकरणका लागि लुम्बिनी प्रदेश सरकारको सचेतना कार्यक्रम

कपिलवस्तु । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश श्रम रोजगार तथा यातायात व्यवस्थापन मन्त्रालयले सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम गरेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ मा भएको सचेतना अभिबृद्धि कार्यक्रममा ५० सवारी चालकहरूलाई सहजीकरण गरिएको थियो । नयाँ सवारी चालकहरूलाई सवारी नियम कानुनको विषयमा ज्ञान नभएको हुँदा दुर्घटना हुने जोखिम देखिएकोले सचेतना […] The post सवारी दुर्घटना न्युनिकरणका लागि लुम्बिनी प्रदेश सरकारको सचेतना कार्यक्रम appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बुटवलको दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देही । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका ४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ […]

लुम्बिनी प्रदेश : सवारी दुर्घटनामा तीन वर्षमा एक हजार ५६१ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षमा ३ हजार ४९६ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा एक हजार ५६१ जनाको मृत्यु भएको छ ।सो अवधिमा दुर्घटनामा परी प्रदेशभर ३ हजार २६० जना गम्भीर घाइते र एक हजार ८३६ जना सामान्य घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रदेशमा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा  महिलाको तुलनामा पुरुषको संख्या ५ गुणा बढी छ । दुर्घटनामा मृत्यु हुने महिलाको संख्या २४४ छ भने पुरुष एक हजार १६८ छन् । यस्तै, १०३ बालक र ४६ बालिकाको दुर्घटनामा मृत्यु भएक

साढे पाँच महिनामा २५० को मृत्यु, ८३४ घाइते

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार चालू वर्षको साढे पाँच महिनामा मात्रै प्रदेशमा ७ सय ८७ वटा सवारी दुर्घटना भएका छन्।

साढे पाँच महिनामा २५० को मृत्यु, ८३४ घाइते

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार चालू वर्षको साढे पाँच महिनामा मात्रै प्रदेशमा ७ सय ८७ वटा सवारी दुर्घटना भएका छन्।...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम

गुल्मी । दुर्घटना न्यूनीकरण गर्न गुल्मी जिल्लामा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश सरकारले ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक, सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यक्रम गरिएको हो । सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा […]

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलमा आज विहानै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै  गरेको एम्बुलेन्स र बिपरित दिशाबाट आएको मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइ

स्कुटर दुर्घटनामा कलाकारको मृत्यु

रुपन्देहीमा सवारी दुर्घटना हुँदा आज एक कलाकारको मृत्यु भएको छ ।  तिलोत्तमामा भएको सवारी दुर्घटनामा कलाकार पूजा गहतराजको मृत्यु भएको हो । बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पूजा गहतराज नृत्यङ्गना हुन् भने न्यू इन्भारोमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् । उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेको कलाकार किशोर थापा मगरले जानकारी दिए ।