काठमाडौं । पाँच दलीय गठबन्धनमा सामेल नहुने लगभग पक्का भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेकपा एमालेसँग निकटता बढाउन थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा लिने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रगति नभएका कारण लोसपाले विकल्प खोजेको हो । स्रोतका अनुसार लोसपाका शीर्ष नेताहरुले एमालेसँग अनौपचारिक छलफल सुरु गरिसकेका छन् ।लोसपाले एमालेबाहेक अन्य साना दलसँग छलफलका लागि कार्यकारिणी सदस्य उमाशंकर अरगरियाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति ग