युनाइटेड मोदी हाइड्रोपावरका सञ्चालकले दिएको राजिनामा स्वीकृत

साउन १३, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सञ्चालक सुकुन्त लाल हिराचनले दिएको राजिनामा स्वीकृत गरेको छ ।  बुधवार बसेको सञ्चालक समितिको बैठकले विविध कार्य व्यस्तता तथा घरायसी कारणले हिराचनले दिएको राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित सामग्री

युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । मङ्सिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो उद्देश्यबमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । प्रस्तावित हकप्रद शेयर नियमनकारी निकायबाट स्वीकृत गराई आगामी साधारण सभाबाट पारित गराउने कम्पनीले जानकारी दिएको छ । साधारण सभाबाट पारित गरेपछि नेपाल धितोपत्र बोर्डको स्वीकृतिका लागि पेस हुनेछ । कम्पनीले यस वर्षका हालसम्म लाभांश प्रस्ताव गरेको छैन । गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ छ । शतप्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ कायम हुनेछ ।

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरेको लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भएको हो । कम्पनीले हाल कायम चुक्तापूँजीबाट शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि  शून्य दशलमव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । शेयरधनीले यो लाभांश कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र पाउनेछन् ।

युनाइटेड मोदी हाइड्रोको साधारणसभा आह्वान, लाभांश नदिने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ l कम्पनीले फागुन २६ गते बिहिबार भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो l कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ l फागुन ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् l कम्पनीले लाभांश प्रस्ताव गरेको छैन l यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :क) सामान्य प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने । ३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।४. कम्पनीको सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) संचालक पदको निर्वाचन सम्बन्धमा । कम्पनी ऐन २०६३ को दफा ८६(२) को व्यवस्था बमोजिम उल्लिखित २ (दुई) पद मध्ये १ (एक) पद महिला शेयरधनीको लागि आरक्षित गरिएको छ। ५. अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने। ख) विशेष प्रस्ताव१. कम्पनीको उद्देश्य थप गर्ने । २. कम्पनीमा संस्थापक शेयर समेत सर्वसाधारण शेयरमा परिणत भईसकेकाले सो सम्बन्धी प्रावधानहरू लगायत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा । ३.कम्पनीको हाल कायम रहेको सञ्चालकहरूको संख्या ११ जनाबाट घटाई ७ जना कायम गर्ने सम्बन्धमा ।४. स्वीकृत नियमावलीको दफा १८ (६) मा भएको त्रुटि संशोधन गर्ने सम्बन्धमा।५. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरू कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।

युनाइटेड मोदी हाइड्रोपावरका सञ्चालकको राजीनामा स्वीकृत

असोज १०, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको तर्फबाट प्रतिनिधि सञ्चालक कृष्ण प्रसाद आचार्यले सञ्चालक समितिको पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।  कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले आचार्यले दिएको राजीनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको हो ।