‘नाफा–घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ भन्दै अनेरास्ववियू आन्दोलनमा

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू मोरङले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ । अनेरास्ववियूले शुक्रवार विराटनगरमा प्रदर्शन गरेको हो ।  रित्ता ग्यास सिलिन्डरसहित सडक प्रदर्शनमा उत्रिएका विद्यार्थीले ‘नाफा–घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ जस्ता नारा लगाएका थिए । मूल्यवृद्धि तत्काल फिर्ता लिन समेत माग गरिएको छ ।  विरोध प्रदर्शनपछि विराटनगरको जनआन्दोलन चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियूका केन्द्रीय उपमहासचिव भाष्कर खनालले अस्वाभाविक म...

सम्बन्धित सामग्री

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू पनि उत्रियो सडकमा (फोटोफिचर)

काठमाडौं, ७ असार । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिरोधमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । काठमाडौंको शंकरदेव क्याम्पस अघि भएको प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको पुत्ला दहन गरेका थिए । अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा प्रदर्शन उत्रिएका विद्यार्थीले तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारसमक्ष आग्रह गरेका छन् । […]

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनले घेरे आयल निगम (फोटोफिचर)

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरूद्ध संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेका हुन् । दर्जनौँको संख्यामा आएका विद्यार्थीहरुले निगमको मुल गेटमा भेला भएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले सरकारलाई यथाशिघ्र पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए आन्दोलन थप कडा बनाउने चेत

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै राँकेजुलुस

बझाङ : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बझाङले प्रदर्शन गरेको छ।कोरोनाका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै अनेरास्ववियू बझाङले राँकोसहित प्रदर्शन गरेको हो।सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै आज बुधबार अनेरास्ववियू बझाङ राँकेजुलुस सहित सडकमा उत्रिएको हो।कोरोनाका कारण दैनिक रोज

मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियू क्रान्तिकारीको माग

अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड–१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् । आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा तीन–तीन रुपैयाँका दरले,आन

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम (तस्बिरहरु)

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रूपन्देहीले बिहीबार बुटवलमा चक्काजाम गरेको छ । सो क्रममा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गरेका छन् । अनेरास्ववियू रूपन्देहीका सचिव प्रकाश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग सरकारलाई माग गरे ।बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा मूल्यवृद्धि गरेको थियो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले ब

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)  ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै खाना पकाउने ग्यासको मूल्य पनि एक सिलिन्डरमा ७५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्

मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

सोमबार नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा दुई रुपैयाँ र खाना बनाउने एल.पी ग्यासमा २५ रुपैयाँकादरले मुल्य बढाएको थियो।...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी)को माग

काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन चेतावनी दिएको छ । अनेरास्ववियू (क्रान्तिकारी)ले बिहीबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि अविलम्ब फिर्ता लिन चेतावनी दिएको हो ।