पेट्रोलको मूल्यवृद्धि खारेज गर्न ५ विद्यार्थी संगठनले निगममा बुझाए ज्ञापनपत्र, आन्दोलनको चेतावनी

विपक्षी गठबन्धनसम्वद्ध ५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै नेपाल आयल निगम लिमिटेडमा ज्ञापनपत्र बुझाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंको संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा मूल्यवृद्धि फिर्ता नभए आन्दोलनको चेतावनी दिइएको छ । विभिन्न ७ बुँदे माग राख्दै बुझाइएको ज्ञापनपत्रमा विद्यार्थीलाई परिचयपत्रको आधारमा सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउन समेत माग गरिएको छ । 

सम्बन्धित सामग्री

इन्जिनियरिङको शूल्कवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको अल्टिमेटम - NepaliPatra

काठमाडौँ। समाजवादी मोर्चा अन्तरगतको विद्यार्थी संगठनहरुले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्कवृद्धि खारेज नगरे कडा आन्दोलनको चेतावनी दिएका छन्। संवाद डबलीमा पत्रकार सम्मेलन गरेर इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)लाई आज शुक्रबार बेलुकासम्म शूल्कवृद्धिको लागि अल्टिमेटम दिएका हुन्। चार विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलनमा इन्जिनियरिङको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ […]