गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँचवर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ बाट प्रत्यक्षमा निर्वाचित मन्त्री थापाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन् । मन्त्री थापाले निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिवद्धता गरेका थिए । सोही बमोजिम उनले २०७४ माघ देखि हालसम्मको उक्त समयम