चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन

काठमाण्डाै - निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई चुनावको खर्च विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका सबै उम्मेदवारलाई मतपरिणाम आएको दिनदेखि ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको हो । आयोगले सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन भनेको छ । त्यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका दलहरूलाई पनि खर्च विवरण बुझाउन निर्देशन दिएको छ। यसअघि भएको पालिका चुनावमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिबाना गरेको थियो । पालि...

सम्बन्धित सामग्री

पर्वत : निर्वाचनमा पराजय भोगेका ३० उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

पर्वत : गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका पर्वतका ३० जना उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण पेस नगरेको पाइएको छ।निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेस गर्नुपर्छ। निर्वाचनमा जित हासिल गरेका उम्मेदवारहरूले विवरण पेस गरेको भए पनि पराजित बनेका उम्मेदवारहरूले खर्च विवरण पेस गर्न बेवास्ता गरेको पाइएको हो।जिल्ला निर्वाचन कार्यालय पर्वतले खर्च विवरण पेस गर्न भन्दै पटक&n

गण्डकीका ५८ उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

पर्वत : निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेस गर्नुपर्छ। निर्वाचन आयोगले जारी गरेको पछिल्लो सूचना अनुसार ११ जिल्ला रहेको गण्डकी प्रदेशका जिल्ला समन्वय समितिमा  उम्मेदवार बनेका ५८ जनाले चुनावी खर्च विवरण पेस गरेका छैनन्। तथ्यांक अनुसार मनाङमा उपप्रमुख, सदस्य, महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्य पदका उम्मेदवार पाँच जनाले खर्च विवरण पेस गरेका छैनन्।स्थानीय तहको निर्वाचनको समय करिब चार