बाल्टिक सागरको ४० मिटर मुनी हुँदै संसारको सबैभन्दा लामो डुबेको सुरुङ बनिरहेको छ । सन् २०२९ सम्म निर्माण सम्पन्न हुने लक्ष्य रहेको यस सुरुङले डेनमार्क र जर्मनी बीचको यात्रा समय उल्लेख्य घटाउनेछ । फेहमार्नबेल्ट सुरुङ निर्माणको योजना बनेको एक दशकभन्दा बढी समयपछि, सन् २०२० मा यसको निर्माण सुरु भयो । र डेनिस पक्षमा अस्थायी बन्दरगाहको निर्माण पूरा भएको छ । अब त्यहाँ बन्ने कारखानाले सुरुङका ८९ वटा खण्डहरू बनाउनेछ, जुन विशाल कंक्रिट संरचना हुनेछ । यी विशाल कंक्रिटका खण्डहरू पानीमा ड