जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलव्ध गराउँदै

किएभ । जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्य

सम्बन्धित सामग्री

११ महीनामा कफी आयातबाट ३१ करोडभन्दा बढी रकम बाहिरियो

काठमाडौं । पछिल्लो समय नेपालमा कफी खाने ट्रेन्ड बढेको छ । केही वर्षअघिसम्म ठूला होटल र रेष्टुरेन्टमा पाइने कफी अहिले साना चिया पसलदेखि कफी हाउससम्म पनि पाइने गरेको छ । माग बढेसँगै यसको आयात पनि बढेको देखिन्छ ।   भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महीनामा नेपालले ३१ करोड २७ लाख ७७ हजार रुपैयाँ बराबरको कफी आयात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ११ करोड ५७ लाख ८३ हजार रुपैयाँ बराबरको कफी आयात गरेको थियो । उत्पादन उत्साहजनक नभएकाले कफीको आयात बढेको जानकार बताउँछन् ।  चालू आवको समीक्षा अवधिमा सरकारले कफी आयातबाट १६ करोड २ लाख ४५ हजार राजश्व पनि संकलन गरेको छ।  नेपालले क्यानडा, चीन, जर्मनी, भारत, जापान, नेदरल्याण्ड्स कतार, ताइवान, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, क्यानडा, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, हङकङ लगायतका देशहरूबाट कफी आयात गर्ने गरेको छ ।

हस्तकलाका सामग्रीको निर्यात घट्यो

आर्थिक वर्ष ०६६/६७ मा हस्तकलाका सामग्रीको निर्यात १२ दशमलव १५ प्रतिशतले घटेको छ । राजनीतिक अस्थिरता, हस्तकलाका सामग्रीमा प्रयुक्त रङको गुणस्तरमा कमी, बढ्दो निर्यात लागतजस्ता कारणले निर्यात घटेको नेपाल हस्तकला महासंघका अध्यक्ष विकास धाख्वाले बताए । गत आवमा रू १ अर्ब ४७ करोड बराबरको सामग्री निर्यात भएको महासंघले जानकारी दिएको छ । अघिल्लो आव ०६५/६६ मा रू. १ अर्ब ६७ करोड बराबरको हस्तकलाका सामग्री निर्यात भएको थियो । विश्वव्यापी आर्थिक मन्दीका कारण निर्यातमा असर परेको बताइएको छ । अध्यक्ष धाख्वाका अनुसार सामग्री निर्माण गर्दा गुणस्तर र रङको छनोटमा विशेष ध्यान दिन सकिएमा निर्यात वृद्धि हुन सक्छ । गत आवमा नेपालबाट निर्यात भएका हस्तकलाका सामग्रीमध्ये पश्मिना, ऊनीका सामग्री, पोतेबाट बनेका सामग्री, धातुबाट निर्मित मूर्ति, हेम्प, अल्लो र सुतीजन्य वस्तु, ढाकालगायतका सामग्रीको निर्यात घटेको महासंघले जानकारी दिएको छ । अन्य वस्तुको निर्यातमा भने वृद्धि भएको बुझिएको छ । नेपालबाट करीब ४० प्रकारका हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । नेपालबाट विश्वका ७० मुलुकमा हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । ती सामग्री निर्यात भएका देशहरूमा संयुक्त राज्य अमेरिका, जर्मनी, क्यानडा, संयुक्त अधिराज्य, जापान, फ्रान्स, इटाली, डेनमार्क, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स, बेल्जियम, अष्ट्रेलिया, भारत, चीन आदि छन् । वर्ष ६, अंक ३६, बिहीवार, २८ असोज २०६७

जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलव्ध गराउँदै

एजेन्सी । जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने घोषणा मङ्गलबार गरेका हुन् ।

तालिबानलाई हिंसा अन्त्य गर्न यूरोपेली राष्ट्रहरुको जोड

समाचार संस्था एएनआईका अनुसार फ्रान्स, जर्मनी, अष्ट्रेलिया र संयुक्त राज्य अमेरिकासहित, चेक रिपब्लिक, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया, स्पेन, द नेदरल्याण्ड्स, स्वीडेन, संयुक्त अधिराज्यले संयुक्त वक्तब्य जारी गर्दै हिंसा अन्त्य गर्न जोड दिएको हो । अफगानिस्तानबाट नेटो नेतृत्वको सैन्य फित्र्ति अभियान सुरु भए लगत्तै तालिबानले आक्रमण र क्षेत्र नियन्त्रणको अभियान नै सञ्चालन गरेको छ । वक्तब्यमा तालिबानले गरिरहेको आक्रमणको घटनाले दोहा सम्झौतामा नागरिकको रक्षाका लागि जनाएको प्रतिबद्धता बिपरित भएको जनाइएको छ । तालिबान र संयुक्त राज्य अमेरिकाबीच गत् फेब्रुअरी महिनामा भएको सम्झौता बमोजिम नै अफगानिस्तानबाट विदेशी सेना फित्र्ता हुने क्रममा रहेको छ ।

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

कोरोना संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

कोरोना भाइरसको सङ्क्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार आठ सातालगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको सङ्क्रमणले निधन भएन । एनआरएन, स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमण दरमा शनिबार साँझसम्म उल्लेख्य कमी आएको छ । डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने करीब नौ हजार नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलब्ध गराउँदै

जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा मङ्गलबार गरेका हुन् ।