जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलब्ध गराउँदै

जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा मङ्गलबार गरेका हुन् ।