नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा देखिएको आरोप लगाएका छन् । प्रगतिशील पत्रकार सङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले ओलीका कारण अहिले देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताए ।कम्युनिष्ट पार्टीको अध्यक्षले दुई÷दुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिहरूले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेदेखि राजत