नवलपुरमा ‘संसद विघटन र प्रतिगमनको खतरा’ विषयक अन्तरक्रिया

गोबिन्द कुमार शर्मा, गैंडाकोट । राष्ट्रिय जनमोर्चा नवलपुरको आयोजनामा गैंडाकोटमा ‘संसद विघटन र प्रतिगमनको खतरा’ विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । शनिबार गैंडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित अवधारणापत्र राजमो नवलपुरका अध्यक्ष दिपक पाण्डेले वाचन गरेर सुनाउनु भएको थियो । अध्यक्ष पाण्डेले अन्तरक्रिया कार्यक्रमको अध्यक्षता समेत गर्नुभएको थियो । राजमो नवलपुरका सल्लाहकार देवराज पौडेलको संचालन र विकाराम चौधरीको स्वागत मन्तव्यबाट अघि बढेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका गण्डकी प्रदेश सचिवालय सदस्य तथा संविधानसभाका सभासद कृष्ण पौडेल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति दोर्ण बन सन्यासी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गोपेन्द्र केशरी न्यौपाने र मार्क्सवादी विचार मञ्च नेपालका अध्यक्ष युवराज पन्थीको आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का कार्यबाहक महासचिव शालिकराम सापकोटा, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती पौडेल, महासचिव शकुन्तला राना, तराइ मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य रुपनारायण महतो, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला अध्यक्ष लालसिंह मल्ल, अखिल नेपाल जनजाति सम्मेलनकी केन्द्रीय सदस्य कला राई, अखिल नेपाल महिला संघ नवलपुरकी अध्यक्ष बिष्णु पाण्डे, विकल्प इतिहास बिशेषाङ्क प्रकासनका सम्पादक जनकलाल तिवारी र नेकपाका नगर सभापति षडानन्द लामिछानेको समेत आतिथ्यता रहेको थियो ।

सम्बन्धित सामग्री

प्रतिगमनको खतरा अझै टरेको छैन

संसद विघटन भएको दिन पुस ५ मा गरिएको कार्यक्रममा सहभागी नेताहरुले प्रतिगमन अझै टरिनसकेको साझा निष्कर्ष सुनाए । कसैले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेका केपी शर्मा ओलीलाई कारक मानेका छन् भने कतिपयले विदेशी हस्तक्षेपको पुरानै कुरा दोहोर्‍याएका छन् ।

प्रतिगमन रोक्न संयुक्त आन्दोलन आवश्यक : अध्यक्ष केसी

केरसिंह अदै, कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनलाई रोक्न संयुक्त आन्दोलनको आवश्यकतामा जोड दिनुभएको छ । शनिबार राष्ट्रिय जनमोर्चा कपिलवस्तुले गोरुसिंगेमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा प्रतिगमनको खतरा बढ्दै गएको भन्दै त्यसलाई रोक्न लोकतन्त्रका पक्षधर शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभयो । आफ्नै पार्टीको झगडा मिलाउन नसकेका केपी ओलीले संसद्मा अविश्वासको प्रस्तावबाट आफू हट्ने देखेर संसद विघटन गरेको बताउँदै अध्यक्ष केसीले यो कदमले असंवैधानिक र प्रजातन्त्र नै धरापमा पर्ने खतरा भएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापना नै तत्कालिन राजनैतिक निकास भएको बताउनुभयो । अर्का नेता राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले वर्तमान राजनैतिक निकास प्रतिनिधि सभा पुनर्स्थापना भएपनि यो व्यवस्थाबाट नेपाली जनताको गास, वास, स्वास्थ, रोजगारीको समस्या समाधान नहुने बताउँदै, नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले संघीयताले गर्दा आम्दानी भन्दा खर्च बढी भएकोले देश विदेशीको ऋणको चपेटामा पर्दै गएको बताउनुभयो । संघीयता लागू गर्ने दलहरुलाई अहिले संघीयता निल्नु न उकेल्नु भएको उहाँको भनाई थियो । कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरेले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिलबहादुर विक, अखिल नेपाल महिला संघकी सल्लाहकार चन्द्र बदन श्रेष्ठ, जनजाति सम्मेलनका केन्द्रीय सदस्य नरबहादुर घर्ति मगर, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला संयोजक शशी सापकोटा, प्रगतिशील पत्रकार संघ कपिलवस्तुका अध्यक्ष माधव भाट क्षेत्री, अखिल (छैठौं) का जिल्ला अध्यक्ष रेसव आचार्यको आतिथ्यता रहेको थियो । कार्यक्रम सुरु हुनुअघि गोरुसिंगे पेट्रोलपम्पदेखि गगनभेदी नाराजुलुस सहित थारु कल्याणकारी सभाहलको प्रांगणमा पुगेर सभामा परिणत भएको थियो । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ऋषिराम शर्मा र स्वागत मुक्तिराम न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्रीले चुनाव गराउनका लागि संसद विघटन गरेका होइनन् : चित्रबहादुर केसी

१९ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन् । राष्ट्रिय जनमोर्चाले सोमबार आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले …

संसद विघटन र प्रतिगमनको खतरा

मोहनविक्रम सिंह ।। अध्यक्ष, अतिथिगण र सहभागी महानुभावहरु, सर्वप्रथम, “संसद विघटन र प्रतिगमनको खतरा” विषयमा राष्ट्रिय जनमोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित हुनुभएका सबै अतिथि र सहभागीलाई नेकपा (मसाल) का तर्फबाट अभिनन्दन गर्न चाहन्छौँ । १. ओली सरकारद्वारा संसदको विघटन असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम हो । ओलीको त्यो कदमबाट खाली असंवैधानिक तरिकाले संसदको विघटन मात्र भएको छैन । त्यो कदमबाट गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र संविधानमा समेत गम्भीर आघात पुग्ने सम्भावना देखापरेको छ । त्यसबाट देशभित्रका राजावादी र विदेशी साम्राज्यवादी शक्तिलाई फाइदा पुग्ने छ । उनीहरुले ओलीको कदमबाट देशमा उत्पन्न भएको राजनीतिक अस्थिरतालाई आफ्ना प्रतिगामी वा साम्राज्यवादी स्वार्थको पक्षमा उपयोग गर्न चाहन्छन् । त्यसैले ओली सरकारद्वारा संसदको विघटनलाई हल्का रुपमा नलिएर गम्भीर रुपमा लिनुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ । २. नेपालमा पहिले पनि संसदको विघटन गर्ने कार्य हुने गरेका थिए । तर पहिले राजा वा जनताद्वारा निर्वाचित प्रधानमन्त्रीले संसदको विघटन गर्दा कमसेकम त्यो बेलाका संविधानका धारामाथि टेकेर नै संसदको विघटन गरेका थिए । त्यसका विपरीत अहिले ओली सरकारले संसदको विघटन गर्दा संविधानका कुनै धाराका आधारमा होइन, स्वेच्छाचारी प्रकारले नै त्यसको विघटन गरेको छ । सर्वोच्चले सोधेर पठाएका प्रश्नको स्पष्टिकरणमा पनि उनले आफ्नो सङ्गठनभित्र उनका विरुद्ध घेराबन्दी गरिएको वा उनलाई काम गर्न नदिएकोले नै संसदको विघटन गरेको बताएका छन् । उनको त्यस प्रकारको जवाफले सर्वप्रथमतः उनको कदमका पछाडि कुनै संवैधानिक आधार नभएको कुरालाई नै बताउँछ । त्यसका साथै उनले दिएको जवाफले उनको कार्य असंवैधानिक भएको कुरालाई पनि बताउँछ । आफ्नो सङ्गठनभित्रको अन्तरकलहका कारणले संसदको विघटन गर्ने कार्यलाई कुनै पनि अवस्थामा तर्कसङ्गत भन्न सकिन्न । त्यो कुरा संविधान, कानुन वा राजनीतिको सामान्य ज्ञान भएको मान्छेलाई पनि थाहा भएको कुरा हो । ३. ओलीको आफ्नो सङ्गठनभित्रको कार्यविधि वा संसदको विघटन समेतमाथि विचार गर्दा उनको चरित्र व्यक्तिवादी र स्वेच्छाचारी भएको कुरामा कुनै शङ्का रहन्न । प्रथमतः कुनै पनि पार्टीको अध्यक्ष, प्रधानमन्त्री, सांसद वा पदाधिकारी जे भएपनि उसले आफ्नो ...

प्रतिगमनको खतराविरुद्ध सोमबार राजमोको बृहत अन्तरक्रिया

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चाले सोमबार (माघ १९ गते) काठमाडौंमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । हार्दिक होटलमा आयोजना गरिने ‘संसद विघटन र प्रतिगमनको खतरा’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुख्य अतिथिको रुपमा सम्बोधन गर्नुहुनेछ भने विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको राजमोका केन्द्रीय सदस्य घनश्याम न्यौपानेले जानकारी दिनुभएको छ। कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (प्रचण्ड–माधव पक्ष) का नेता लिलामणी पोखरेलसहित जनता समाजवादी पार्टीका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । यस्तै, पूर्व सभामुख दमननाथ ढुंगाना, वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरिप्रसाद उप्रेती र डा. चन्द्रकान्त ज्ञवालीले सहभागिता जनाउने निश्चित भएको छ । यसैगरी नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको पनि आतिथ्यता रहनेछ ।