कोर बैंकिङ प्रणालीको जोखिम न्यूनीकरणमा उदासीनता

कोर बैंकिङ प्रणालीको अर्थ बैंकिङ क्षेत्र डिजिटाइजेशन हुनु हो र सबै कारोबार प्रविधिमार्फत हुनु हो । कोर बैंकिङ सबै बैंक तथा वित्तीय संस्थामा कम्प्युटर प्रणालीका रूपमा विकास त भएको छ तर अझैं पनि कतिपय कारोबार म्यानुअल रूपमा नै गर्ने गरिन्छ । विदेशको दाँजोमा डिजिटाइजेशनको क्षेत्रमा नेपाल अझैं पछाडि छ । कोर बैंकिङ प्रणालीको दायरा फराकिलो भएसँगै यसको जोखिम न्यूनीकरणमा भने उदासीनता देखिन्छ ।  अनलाइनको माध्यमबाट अत्याधुनिक प्रविधिमा आधारित प्रणालीको प्रयोगद्वारा बैंकिङ कारोबार गर्न कम्प्युटराइज्ड प्रणालीलाई नै कोर बैंकिङ प्रणाली भन्ने गरिन्छ । यसमा बैंकिङ कारोबारको अभिलेख दीर्घकालसम्म राख्न सकिन्छ । कुनै पनि बैंकको केन्द्रीय कार्यालयमा एक सेन्ट्रल सर्भरको व्यवस्था गरिएको हुन्छ र यसमा सबै शाखा प्रशाखाहरूलाई लिंक गरिएको हुन्छ । यो वेबबेसमा आधारित हुने हुँदा बैंकिङ अभिलेख इन्टरनेटको माध्यमबाट जुनसुकै शाखाबाट सजिलै हेर्न र कारोबार गर्न सकिन्छ ।  नेपालमा विसं २०५८ बाट वित्तीय क्षेत्र सुधार कार्यक्रम शुरू भएसँगै कोर बैंकिङ प्रणालीले प्रश्रय पाएको हो । विशेष गरी सरकारी स्वामित्वमा रहेका दुई ठुला राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा यसले सकारात्मक प्रभाव पारेको थियो । कोर बैंकिङ प्रणालीको क्षेत्रमा बैंकिङ क्षेत्रले फड्को मारेको छ तापनि कम्प्युटरको प्रोसेसिङ प्रणाली र नयाँ बैंकिङ प्रविधिको प्रयोगमा देखिएको अज्ञानताका कारण जोखिम बढिरहेको छ । यान्त्रीकरण भइसकेपश्चात् त्यसको कमजोर क्षमता, मर्मतसम्भारमा कमी, सम्बद्ध कर्मचारीलाई उचित तालीमको अभाव आदिले यसको सही सञ्चालनमा कमजोरी देखिन्छ । सम्भावित जोखिमहरूलाई पहिचान गरी त्यसको न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गर्ने कार्यमा बैंकिङ क्षेत्रमा उदासीनता देखिन्छ ।  देशमा कोरोना संकटले धेरै समय बन्दाबन्दी हुँदा बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमलाई बढावा दिए र यो सफल पनि भयो । धेरै मानिसले प्रयोग गरेको हुँदा यसको महत्व झन् बढ्यो । यसको प्रयोग बढेसँगै साइबर आक्रमण र ≈याकिङबाट बच्न उल्लेखनीय रूपमा मापदण्डअनुरूपको सुरक्षा प्रबन्ध गरिएको पाइएन । बैंकिङ उपकरण सञ्चालन गर्ने, मोबाइल बैंकिङ कारोबार गर्न जान्ने अर्थात् बैंकिङ प्रविधिको ज्ञान भएको ग्राहक संख्या करीब २० प्रतिशतको हाराहारीमा देखिन्छ । अधिकांश ग्राहक बैंकमा नै उपस्थित भई नगद जम्मा गर्ने र चेकद्वारा भुक्तानी लिने हुँदा बैंकिङ क्षेत्रमा अझैं ग्राहकको भौतिक उपस्थिति बढी देखिन्छ । यसलाई कम गर्न बैंकिङ प्रविधि प्रयोगका बारेमा जनसाधारणलाई वित्तीय रूपमा साक्षर तुल्याउन ढिला भइसकेको छ । यो जति ढिला हुन्छ उति हामी कोर बैंकिङको प्रणालीको उपयोगमा पछि पर्दै जान्छौं । तसर्थ बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई बैंकिङ प्रविधिको प्रयोग बारेमा वित्तीय साक्षरता दिनु आवश्यक छ । कार्यालयमा जडित कम्प्युटरलगायत प्रविधिको नियमित मर्मतसम्भार, यससम्बन्धी विषयमा कर्मचारी तालीमको साथै कोर बैंकिङ प्रणालीलाई बलियो र भरपर्दो बनाउन पर्याप्त बजेट दिनुपर्छ र निरन्तर अनुगमन गरिनुपर्छ ।  कोर बैंकिङ प्रणालीले बैंकिङ क्षेत्रमा सुशासन बढाउनेछ । ई–कर्मस, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, प्रतीतपत्र तथा बैंक ग्यारेन्टीजस्ता कार्यमा सहजता ल्याउँछ । ग्राहक सेवासमेत छिटोछरितो हुने, पेपरलेस काम हुने, कार्य बोझलाई घटाउने र ग्राहक संख्या बढाउने समेत कार्य यसले गर्छ । त्यस्तै बैंकको कार्यदक्षताको अभिवृद्धि, ग्राहक सेवामा सुधार, अत्याधुनिक भुक्तानी प्रणाली, तथ्यांकको सुरक्षित भण्डारण, आन्तरिक नियन्त्रण र निरीक्षणमा सहजता, केन्द्रीय बैंक तथा सरकारको नीति निर्माणमा सहयोग, सञ्चालन लागतमा कटौैती, दैनिक बैंकिङ कारोबारमा सहजता जस्ता महत्वका कारण कोर बैंकिङ प्रणाली निकै उपयोगी छ ।  यसका चुनौतीहरूमा तथ्यांक सुरक्षाको समस्या, खर्च बढी लाग्ने, दक्ष कर्मचारीको अभाव, नेपालमा सुस्त इन्टरनेट र बेलाबेलामा कनेक्शन आइरहने समस्या, त्यसले दैनिक कारोबारमा आउने समस्या आदि रहेका छन् । साइबर आक्रमणको बढ्दो जोखिम, सिस्टम अडिटको समस्या, फ्रड र फेक कारोबारको समस्या, वित्तीय साक्षरता अर्थात् ग्राहकमा प्राविधिक ज्ञानको अभाव पनि चुनौती हुन् ।   नेपालमा कोर बैंकिङ प्रणालीअन्तर्गत २०७९ को असार मसान्तसम्म विद्युतीय भुक्तानी प्रणालीका साधनहरू प्रयोगकर्ता एटीएम संख्या ४ हजार ६०२, मोबाइल बैंकिङ ग्राहक १ करोड ८३ लाख ७ हजार २५५, इन्टरनेट ग्राहक १ करोड ६८ लाख ४३ हजार १०० देखिन्छ । २०७९ चैतमसान्तसम्म नेपालभर क, ख, ग, घ र पूर्वाधार विकास बैंकसमेत गरी ११९ बैंक तथा वित्तीय संस्था र तिनका ११ हजार ६४३ शाखा कार्यालय छन् । सबै कोर बैंकिङ प्रणालीमा आबद्ध भए पनि अधिकांशमा ४० प्रतिशत कारोबार कागजी रूपमा गरिएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाका कतिपय कार्यालयमा अझैं पनि कागजपत्रको चाङलाई कम्प्युटराइज्ड गरी व्यवस्थित गर्न सकिएको छैन ।  नेपालको बैंकिङ क्षेत्रले कोर बैंकिङ प्रणालीको थप विकास र यस क्षेत्रको सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउन एकातर्फ प्रविधिमैत्री कानून पर्याप्त देखिँदैन भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाले प्रविधिमा ठूलो लगानी गर्न नसकेको अवस्था छ । साथै पर्याप्त जनचेतना र साक्षरता समेत नभएको हुँदा कोर बैंकिङ प्रणालीलाई अन्तरराष्ट्रिय स्तरमा विकास गर्न र भविष्यमा नेपाललाई पनि पेपरलेस बनाउन सम्बद्ध निकायले बेलैमा कार्ययोजना बनाई कार्यान्वयन गर्न सक्नुपर्छ । यसरी डिजिटाइजेशनको माध्यमबाट अर्थतन्त्रलाई थप गतिशील बनाउन सकिन्छ ।  लेखक दिवाकर वशिष्ठ बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

सम्बन्धित सामग्री

नक्कली मुद्रा कारोबारमा अमौद्रीकरणको जोखिम

वस्तु विनिमय प्रणालीको अवधारणामा आधारित रहेर खरिद–बिक्री प्रक्रियालाई क्रमशः अगाडि बढाउने क्रममा व्यवधानहरू सिर्जना भएकै कारण सहजीकरणको नयाँ अवधारणागत विशेषताअनुसार नेपाललगायत विश्व समुदायले आफ्नो मुलुकको मुद्रालाई प्रचलनमा ल्याएका मात्र हुन् । तसर्थ, मुद्राको अंकित मूल्य नै नागरिक विश्वसनीयताको धरोहरसमेत भएको हुँदा सर्वस्वीकार्यताको कसीमा अब्बलता प्राप्त गर्न सक्षम रहेको मान्न सकिनेछ । जसको सुरक्षा तथा नियमन […]

राष्ट्रिय परिचयपत्र प्रणाली बन्द हुने जोखिम टर्‍यो, सोर्सकोड भने ठेकेदारसँगै

१७ भदौ, काठमाडौं । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको मर्मतसम्भार जिम्मा फ्रान्सेली कम्पनीले नै पाउने भएको छ । आईडीईएमआईएले कम्पनीले गत वर्ष सम्झौताविनै गरेको मर्मतसम्भारको कामको समेत भुक्तानी दिने गरी मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एक अधिकारीका अनुसार गत वर्षको कामको भुक्तानी दिने र  प्रतिस्पर्धा नै नगरी  थप एक […]

देशका अधिकाशं स्थानमा वर्षा, बाढीपहिरोको जोखिम

काठमाडौँ – नेपालमा मनसुन प्रणाली देशभर फैलिने क्रममा रहेको छ । देशको पूर्वी तथा मध्य भू–भागमा मनसुन प्रणालीको प्रभाव रहनाका साथै बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौँमा साँझदेखि हल्का […]

‘सार्वजनिक यातायात प्रणालीको समस्या राज्यले निम्त्याएको हो’

सार्वजनिक सवारी अर्थतन्त्रको रक्तसञ्चार प्रणाली हो । यसलाई अस्तव्यस्त छोडियो भने अन्य क्षेत्रमा पनि नकारात्मक प्रभाव देखिन्छन् । कति त अहिले नै देखिएका छन्, कति दीर्घकालमा देखिनेछन् ।

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा विपद्जन्य जोखिम बढ्यो

गृह मन्त्रालयले पूर्वसूचना प्रणालीलाई सबै क्षेत्रमा प्रभावकारी बनाउन नसक्दा वर्षेनी विपद्जन्य जोखिमका समस्या बढ्दै गएको भन्दै पूर्वसूचना प्रणालीको द्रुततर विकास गर्न सरकार लागिपरेको बताएको छ ।बिहीबार अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यस्तो बताएका हुन् । उनले नेपालमा बाढीको लागि मात्रै पूर्वसूचना प्रणाली प्रभावकारी भएको पाइए पनि अन्य क्षेत्रमा पूर्वसूचना […]

मनसुनी गतिविधि सक्रिय हुँदा भारी वर्षा, बाढीपहिरोसहित विपद्को जोखिम

काठमाडौं : बडादशैंको टीकाको तयारी भइरहँदा देशका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि सक्रिय हुँदा भारी वर्षा भएको छ ।  दक्षिण–पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीको प्रभावले हिजो महानवमीदेखि लगातार पानी परिराखेको छ ।लगातारको वर्षाले बाढीपहिरोसहित विपद्को जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले नवमीदेखि द्वादशीसम्म पानी पर्ने प्रक्षेपण गरेको छ । महाशाखाले गएरातिदेखि प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी बागमती लगायतका प्रदेशमा धेरै पानी

सरोकारवालाको जोड: महामारीविरुद्ध लड्न सञ्चार र सामुदायिक सहभागिताको आवश्यक

विभिन्न संगठनहरूले कोभिड–१९ को खतरा विरुद्ध लड्न र मानिसहरूलाई खोप लिन प्रेरीत गर्न मजबूत जोखिम सञ्चार र सामुदायिक सहभागिता प्रणालीको आह्वान गरेका छन्।

पूर्व सूचना प्रणालीको बेवास्ताले ठूलो क्षति

कैलाली । गत कात्तिक १ गते कर्णाली नदीको बाढीले कैलालीको दक्षिण पूर्वी क्षेत्रमा ठूलो क्षति पुग्यो । बाढी आउनुभन्दा तीन दिन पहिले नै अधिकांशको मोबाइलमा एसएमएस आएको थियो । बाढी आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।       टीकापुर नगरपालिका–८ वनगाँउका आशाराम कुश्मीको मोबाइलमा पनि सूचना आएको थियो । उनले त्यो सूचना हेरे । तर त्यसको पर्वाह भने गरेनन् । पूर्व सूचना प्रणालीका माध्यमबाट सूचना पाएका कुस्मीले त्यो कुरा अरूलाई पनि भनेनन् । अन्ततः बाढी आयो कुश्मीलगायत वनगाउँका बासिन्दालाई घरको अन्नपात, पशु चौपाया, ज्येष्ठ नागरिक तथा बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निकै समस्या भएको भयो । ‘सूचना प्रणालीको पहुँचमा अझै पनि सबै नागरिक नभएकाले पूर्व सूचना प्रणाली प्रभावकारी हुन सकेको छैन, थाहा भएका नागरिकले अन्य नागरिकलाई सुसूचित गर्नुपर्ने रहेछ भन्ने ज्ञान भएको छ,’ उनले भने, ‘कहिलेकाहीँ मोबाइलमा नेटवर्कको समस्या छ, कामकै व्यस्तताले सूचना प्रणालीमार्फत पाएको सूचनालाई अवलम्बन गर्न सकिएको छैन ।’ सोही ठाउँका स्थानीयवासी धर्माबहादुर थारूले बाढीको पूर्व सूचना प्रणालीलाई समयमै अवलम्बन गर्न नसकेकै कारण बढी जोखिम हुने गरेको बताए । त्यसबाट बालबालिका, खाद्य बस्तु तथा पशु चौपायाको व्यवस्थापनमा चुनौती हुने गरेको उनको भनाइ छ ।     ‘सूचना नपाएकै भन्न मिल्दैन, हामीले बाढी नआएसम्म त्यसको पर्वाह नगरेका मात्रै हौं,’ उनले भने, ‘समुदायमा जनसंख्याको अवस्था हेरेर सूचना प्रणालीको प्रयोग गर्न आवश्यक छ, सूचना पाएकाले सतर्कताको मानसिकता बनाइसकेका हुन्छन्, सूचना नपाएका बढी प्रभावित हुने गरेका छन् ।’ टीकापुर–४ की रामदुलारी चौधरीले बर्सेनि बाढीबाट समस्यामा पर्दै आएको भन्दै घरभित्र र बाहिरको सामान व्यवस्थापन गर्दै समय जाने गरेको बताइन् । टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरका लागि कर्णाली नदी बाढीको मुख्य समस्या भएको बताए । विपद्को जानकारी गराउँदा पनि आफ्नो आँगनमा पानी नपुग्दासम्म स्थानीयवासीले पूर्व तयारीमा जुट्न नसक्नु नै अर्काे समस्या भएको उनको भनाइ छ । यस्तै जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पूर्व सूचना प्रणालीका आधारमा प्राप्त भएको सूचनालाई ध्यानमा राख्दै स्थानीयवासीलाई सुरक्षित रहन आग्रह गरिँदै आएको बताए । तर त्यसको कार्यान्वयनमा बेवास्ता गर्दा बढी क्षति हुने गरेको उनको बुझाइ छ । भजनी नगरपालिका विपद् फोकलपर्सन खेमराज पनाडीले सूचना प्राप्त भए पनि नागरिकको बेवास्ताका कारण पूर्व सूचना प्रणाली नै प्रभावकारी नभएको बताए । समस्या आइपरेपछि मात्रै नागरिकमा चेतना आउने गरेको उनले सुनाए । यस्तै जोशीपुर गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी महतोले विपद्का घटना दिउँसोभन्दा रातिको समयमा बढी हुने गरेको भन्दै बालबालिका र ज्येष्ठ नागरिकलाई व्यवस्थापन गर्न चुनौती रहेको बताए । टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले विपद्का घटना नसोचेकै समयमा पनि हुने गरेकाले पूर्व सूचना प्रणालीलाई सबैले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका सभापति जगदीश्वर पण्डितले सूचना प्रणालीलाई प्रभावकारी बनाउन गाउँका बडघरलाई सूचित गराउन आवश्यक रहेको भन्दै प्रधानमन्त्री स्वरोजगारमा आबद्ध भएका युवालाई विपद्सँग जोड्न आवश्यक रहेको बताए । रासस

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय बैठक सुरु

२१ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रको ७४ औं क्षेत्रीय बैठक सोमबारबाट सुरु भएको छ । बैठकमा विश्वका प्रमुख स्वास्थ्य नेतृत्वकर्ताले विश्वव्यापी स्वास्थ्य सेवा प्रदान तथा जोखिम सामना गर्न सक्ने स्वास्थ्य प्रणालीको लागि थप प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका छन् । उनीहरुल यो क्षेत्रका मानिसहरुलाई आवश्यक पर्ने खोप, औषधि, उपकरण र […]