मोरङको बुढीगंगास्थित कोशी राजमार्गको किनारमा बिहीबार ‘शंकास्पद वस्तु कुकर बम’ जस्तै फेला पर्यो । उक्त शंकास्पद वस्तु ‘बम’ हो कि होइन भन्ने विषयमा पहिचान गर्न प्रहरीलाई सकस भयो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि भएको जानकारी दिए ।सुरुमा निर्वाचन लक्षित कुनै भूमिगत समूहले गतिविधि गर्न लागेको हो कि भन्ने प्रहरीलाई शंका थियो । ‘पहिले बमै पो हो कि भन्ने लागेको थियो, हामीले आवश्यक सुरक्षा सतर्कता