‘हिउँ खेल्न’ लाप्राक गएका दुई किशाेर ११ दिनपछि खाेँचमा मृत भेटिए

गाेरखा – गएकाे ११ दिनदेखि हराइरहेका गोरखाको बारपाकका दुई किशोर मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला भनिने सञ्जय घले मृत भेटिएका हुन् । उनीहरू आज आइतवार बेलुका सुलिकोट वडा नम्बर १ को तिम्रा भन्ने ठाउँमा खोँचमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो । घटनास्थलको अवस्था हेर्दा उनीहरू हिउँ परेको समयमा डाँडाबाट लडेर खोँचमा पुगी ज्यान गएकाे हुन सक्ने अनुमान गरिएको उहाँको ...

सम्बन्धित सामग्री

नागरिकता बनाउन गएका युवक मृत भेटिए

बैतडी : जिल्लाको दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका २ सतबाँझमा सोमबार बिहान एक युवक मृत फेला परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिमका ३७  वर्षीय वीरसिंह कुँवर मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशी जानकारी दिए।आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन गएका कुँवर सोमबार बिहान ६ बजे सतबाँझ बजारमा मृत भेटिएका हुन्। आइतबार अबेर सतबाँझ पुगेका र राति कठ्यांग्रिएर मृत्यु भएको प्रहरीको अनुमान छ। यहाँ दुईदिनदेखि वर्षा र आइतबार

नदीमा दाउरा संकलन गर्न गएका युवा मृत भेटिए

२५ साउन, धनगढी। कैलालीमा नदीमा दाउरा संकलन गर्न गएका एक जना मृत अवस्थामा भेटिएका छन् । बुधबार खुटिया नदीमा दाउरा संकलन गर्न गएका बेला बाढीले बगाएर बेपत्ता भएका गोदावरी नगरपालिका-९ धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराई मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले भट्टराई बिहीबार बिहान पानी जमेको […]

रुकुम पूर्व - सिस्नो टिप्न गएका दिदीबहिनी मृत भेटिए

रुकुम पूर्व – रुकुम पूर्वमा सिस्नाे टिप्न गएका दुई बालिका मृत अवस्थामा भेटिएका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र नाै वर्षीया कालिमाया बुढा मगर बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।तारामान बुढाका दुई छोरी बुधवार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । पुथाउत्तरगंगाका उपाध्यक्ष भुपेन्द्रा बुढाका अनुसार उनीहरूले लगाएका गरगहनाहरू लुटपाट गरेपछि हत्या भएकाे हुन सक्ने अनुमान गरिएको छ ।सिस्नाे टिप्न गएका दिदीबहिनी नफर्किएपछि खोजी...

धामी बस्न गएका युवक मृत भेटिए

मोरङ, असोज १५ । मोरङको सुनवर्षी नगरपालिका–४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव घरनजिकै शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्। घरदेखि करिब दुई किलोमिटर पूर्वमा मृत अवस्था यादवको शव शुक्रबार बिहान फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। धामीझाँक्रीको काम गर्दै आएका यादव बिहीबार साँझ पनि धामी बस्न भनी घरबाट हिँडेका थिए। […]

बाग्मती नदीमा नुहाउन गएका २ बालक मृत भेटिए

काठमाडौं, ३१ असार । रौतहटमा बिहीबार नुहाउन नदीमा पसेका दुई बालकको शव भेटिएको छ । रौतहटको बाग्मती नदीमा बिहीबारदेखि हराएका बालकहरुको शव फेला परेको प्रहरीले जनाएको छ । नुहाउन नदीमा गएका दुर्गाभगवती–३ का १३ वर्षीय हर्ष झा र सोही स्थान वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका हुन् । दुई बालकको शव […]

चन्द्रागिरिमा हिउँ खेल्न गएका युवक मृत भेटिए

काठमाडौं, माघ २३ । काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्न गएको एक जना युवक मृत भेटिएका छन्। शुक्रबारदेखि हराई रहेका प्रज्वल पोखरेल नाम गरेका युवकको शव प्रहरीले शनिबार फेला पारेको हो। उनी हिउँ खेल्न चन्द्रागिरि पुगेको प्रहरीको अनुमान छ। मृतकको शरीरको माथिल्लो भाग नांगै रहेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेको खुल्न […]

सुर्खेतका बन रक्षक मृत भेटिए

सुर्खेत, १२ मंसिर । सुर्खेतका बन रक्षक मृत अवस्थामा फेला परेका छन् । चौकुने गाउँपालिका बिजौरा पोस्टका बन रक्षक विरेन्द्रनगर–१२ का ४५ वर्षीय महानन्द आचार्य मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । चौकुने गाउँपालिका–४ भुडेभाबारका कुलु कर्णाली सामुदायिक बनका अध्यक्ष गंगाराम बिसीको घरमा मृत भेटिएका हुन् । शनिबार अध्यक्षको घरमा बास बस्न गएका आचार्यले मदिरा […]

धान गोड्न गएका दुई जना पाँच दिन पछि मृत भेटिए

जाजरकोट : जाजरकोटको कुशे गाउँपालिका– ५ दम्दालामा दुई जना मृत फेला परेका छन्।धान गोड्ने भनेर घरबाट निस्किएका कुशे– ५ का ४८ वर्षीय जीतबहादुर थापा र सोही ठाउँका ५६ वर्षीय साइमल कामी शुक्रबार दिउसो मृत भेटिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार धान गोड्न गएका उनीहरु पाँच दिनदेखि सम्पर्क विहिन भएका थिए। स्थानीयले खोजी गर्दा उनीहरु खोला किनारका मृत भेटिएका हुन्।

ताप्लेजुङको खोक्लिङमा काजक्रिया गराउन गएका पुरोहित मृत भेटिए

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला–२ खोक्लिङमा काजक्रिया गराउन गएका पुरोहित मृत अवस्थामा भेटिएकाछन् । फुङलिङ नगरपालिका–९ हाङ्देवाका हरीप्रसाद घिमिरे आज बिहान मृत अवस्थामा भेटिएकाहुन् । काजक्रिया भईरहेकै भान्सा घरमा बिहान उठेर आगो तापेर बसेको र केहिबेर पछि त्यहि ठाउँमा मृत अवस्थामा देखिएको स्थानीयलाई उदृत गर्दै सञ्चारकर्मी प्रिशा बस्नेतले जानकारी दिएकिछन् । ११ दिन अघि निधन भएका... The post ताप्लेजुङको खोक्लिङमा काजक्रिया गराउन गएका पुरोहित मृत भेटिए appeared first on Purbeli News.