काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन साहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन्।साहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै डाक्टर भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न आग्रह गरेका हुन्।‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन साहका पहल प्रशंसनीय छन्,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘फुटपाथ