फुटपाथ व्यवसायीले घेरे महानगरको कार्यालय

काठमाडौँ । फुटपाथ व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घ बागमती प्रदेश कमिटीको नेतृत्वमा फुटपाथ व्यवसायीले महानगर कार्यालय घेराउ गरेका हुन्। कुनै विकल्प नदिई पूर्व सूचनाबिना आफूहरूलाई हटाएर महानगरले दमन गरेको उनीहरूले बताएका छन्। काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीहरूले महानगरविरुद्ध आन्दोलन गरेका हुन्।

सम्बन्धित सामग्री

उपर्युक्त स्थानको माग गर्दै फुटपाथ व्यवसायीले निकाले र्‍याली (तस्बिरसहित)

काठमाडौं- काठमाडौं महानगरका फुटपाथ व्यवसायीले दशैं-तिहारदेखि छठसम्म उपर्युक्त स्थानकाे व्यवस्था गरिदन माग गर्दै र्‍यालीको आयोजना गरेका छन्। उनीहरूले आइतबार ‘गरिखान देऊ’भन्दै रत्नपार्कदेखि महानगरपालिका कार्यालयसम्म र्‍यालीकाे आयाेजना गरेका हुन्। र्‍यालीमा अभियन्ता ई: पनि सहभागी छन्। गत बुधबार फुटपाथ व्यापारीको पक्षमा आन्दोलनरत ईः र काठमाडौं महानगरबीच चार बुँदे सहमति भएकाे थियाे। उक्त सहमतिमा साविकमा फूटपाथ/सार्वजनिक स्थलमा व्यापार […]

ईःको समर्थनमा फुटपाथ व्यवसायीको प्रदर्शन

९ असोज, काठमाडौं । फुटपाथ व्यवसायीले अभियन्ता ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका फुटपाथ व्यवसायीले ईःको समर्थनमा मंगलबार प्रर्दशन गरेका हुन् । फुटपाथ व्यवसायी माथि महानगरपालिकाले क्रुरतापूर्ण व्यवहार गरेको, सडकका किनारामा व्यवसाय गर्ने साना व्यवसायीलाई लखेटेको लगायतको विरोधमा अभियन्ता ईः ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् । […]

फुटपाथ व्यवसायीले बुझाए काठमाडौं महानगरलाई ज्ञापनपत्र

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। बिहीबार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन्। महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउने भनेर...

फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।

फुटपाथ व्यापारीको जुलुसले घेर्यो महानगरको कार्यालय

काठमाडौं : काठमाडौं महानगरपालिकाका  विरुद्धमा  फुटपाथ व्यवसायीले आन्दोलन थालेका छन्।   जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका छन्।महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले विकल्पबिना नै व्यापार व्यवसायबाट लखेटिएको भन्दै आन्दोलन गरेका हुन्।काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र साह निर्वाचित भएसँगै अनधिकृत

दसैँसम्म व्यवसाय गर्न पाउँ भन्दै फुटपाथ व्यवसायीले गुहारे महानगरलाई

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दसैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । महानगरपालिकाको प्रमुखका रूपमा बालेन्द्र शाह निर्वाचित भएपछि अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् । काठमाडौँको माछापोखरी सडकको […]

महानगरविरुद्ध फुटपाथ व्यवसायीले भोलि प्रदर्शन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार सङ्घले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । सङ्घका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरू बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरू महानगर कार्यालय परिसरमा पुग्ने छन् […]

महानगरविरुद्ध फुटपाथ व्यवसायीले भोलि प्रदर्शन गर्ने

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा […]

महानगरपालिकाको कार्यालयमा फुटपाथ व्यापारीको नाराबाजी

फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । महानगरले फुटपाथ व्यवस्थापन भन्दै साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले महानगरपालिका प्राङ्गणमा नाराबाजी गरेका हुन् ।

फुटपाथ व्यवसायीद्वारा उपमहानगरविरुद्ध आन्दोलन

जानकी मन्दिर आसपासको क्षेत्रमा व्यवसाय गर्दै आएका फुटपाथ व्यवसायीले जनकपुर उपमहानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । आइतबार जनकपुरधाममा प्रदर्शन गर्दै उनीहरुले व्यवसायका लागि वैकल्पिक स्थानको व्यवस्था गर्न माग गरेका हुन् ।उनीहरुले नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापनपत्र समेत बुझाएका छन् । फुटपाथ खाली गरेको एकसाता भन्दा बढी दिन बित्दापनि जनकपुरधाम उपमहानगरले प्रतिबद्धताअनुसार व्यवस्थापन नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको व्यवसायी सुशील कर्णले जानकारी दिए ।उनले आफूहरूलाई व्यवस्थापन नगरिएमा