कुलमानलाई हटाउन माग गरिएको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्त विरुद्द दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशले उक्त पदमा रहेक हितेन्द्र देव शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गरेको विषयमा कारण देखाउ आदेश जारी गरेको हो। इजलाश निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन भने अस्विकार गरेको छ ।यस अघि पनि जबरा कै इजलाशमा यस मुद्दाको पहिलो सुनुवाई भएको थियो । पहिलो सुनुवाईमा सर्वोच्चले  घिसिङलाई प्राधिकरणमा नियुक्त गर्दाको सक्कल कागजात ३ दिन भित्र पेश गर्न आदेश दिएको थियो । प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशले कुलमान कार्यकारी निर्देशकमा नियुक्त भएको, हितेन्द्र देव शाक्य कार्यकारी निर्देशकमा नियुक्त भएको, हितेन्द्र देव शाक्य प्राधिकरणबाट जल तथा उर्जा आयोगमा नियुक्त भएको, र प्राधिकरणले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्दा भएका सम्झौताको सक्कल फाइल ३ दिन भित्र पेश गर्न आदेश दिएको थियो। सक्कल फाइल प्राप्त भएपछि आज उक्त मुद्दामा दोस्रो सुनुवाई भएको हो । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफुलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए  ।  उनले रिटमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई ४ वर्षको लागि गरिएको नियुक्ति बदर गर्न र सो पदमा आफु ४ वर्षको लागि नियुक्त भएकोले आफुलाई निरन्तरता दिनको लागि अनतरिम आदेश माग गरेका थिए ।  आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत अधिकार हनन भएको उनले उल्लेख गरेका थिए । उनले आफुलाई सो पदमा पुनर्बहाली गर्न पनि आदेशको माग गरेका थिए । तर अदालतले भने उनको माग बमोजिम कुनै पनि आदेश जारी नगरी कारण देखाउ आदेश मात्र जारी गरेको छ ।   शाक्यलाई उनकै आग्रहमा सम्मानजनक रुपमा जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गरि खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने कार्यदेशसमेत उल्लेख गरी विशेष जिम्मेवारी दिएर सरुवा गरिएको भनिएपनि उनी सर्वोच्च गएका हुन् । घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। उनी झन्डै ११ महिनापछि सोहि पदमा फर्केका हुन्।  घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो। त्यतिबेला उनलाई दोस्रो कार्यकालको लागि नियुक्त गर्न ब्यापक दबाब रहेपनि केपी ओली सरकारले उनलाई निरन्तरता दिएको थिएन । त्यस समय नेकपाको सरकार रहेको तर प्रचण्डले कुलमानलाई नै दोहोर्याउन चाहे पनि ओलीले मानेका थिएनन् । ओली सरकारले शाक्यलाई सो पदमा नियुक्त गरेको थियो । 

सम्बन्धित सामग्री

घरघरमा संविधान बाँड्न सर्वोच्चले किन दियो आदेश ?

३० असोज, काठमाडौं । सर्वोच्च अदालतले संविधानमा भएका व्यवस्थाबारे सबै नेपालीलाई थाहा दिनुपर्ने भन्दै घरघरमा संविधानको सानो आकारको पुस्तिका वितरण गर्न आदेश दिएको छ । २०७२ सालमा अधिवक्ता विकास भट्टराईले नागरिकलाई संविधान वितरणको आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको गत २४ भदौमा फैसला भएको थियो । न्यायाधीश सुष्मालता माथेमा र हरि फुयालको इजलासले गरेको […]

सन्दीपविरुद्धको मुद्दामा अदालतले दियो कागजात झिकाउने आदेश

काठमाडौं : अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ।काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन मंगलबार आदेश दिएको हो।काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीपको पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। उनले सन्दीपविरुद्धको मुद्दा

एकै दिन बलात्कारका ३ थुनुवा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलासले बलात्कारका तीन फरक-फरक मुद्दामा एकै प्रकृतिको आदेश दिए दिवाकर रिजाल प्रतिवादी भएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो, उच्चले त्यसलाई उल्ट्याउँदै तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो थुनामा राख्ने गरी १ साउन ०७९ मा काठमाडौँले गरेको फैसलामा […]

बालेन साहलाई अदालतले दियो यस्तो आदेश

काठमाडौं, १३ भाद्र । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध परेको अदालतको अवहेलनाबारे परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आज न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उनलाई उक्त आदेश दिएको हो । अवहेलनाबारे परेको रिटमा सजाय किन हुनुनपर्ने हो यसको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । अधिवक्ता […]

पल शाहलाई थुनामा राख्न पुर्वी नवलपरासी अदालतले पनि दियो आदेश

काठमाडौं, २४ चैत्र । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत पुर्वी नवलपरासीले पनि आदेश दिएको छ। शाहलाई न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनी केही दिनअघि जिल्ला अदालत तनहुँको आदेशमा शाह कारागार चलान भइसकेको छन् । […]

सलमानलाई अदालतले दियो हाजिर हुने आदेश

काठमाडौँ- बलिउड अभिनेता सलमान खानलाई अदालतले ५ अप्रिलमा पेश हुन् आदेश दिएको छ । सलमानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको हो । अशोक श्यामलाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेका सलमानसँगै उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालतले पेश हुन आदेश दिएको छ । घटना तीन वर्ष […]

इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दियो

पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ । इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको छ । त्यस्तै त्यहाँ रहेका आफ्ना कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई पनि वार्षिक विदा लिएर घर फर्किन आदेश दिएको छ ।इराकको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर यो कुराको जानकारी गराएको हो । इराकका अधिकारीहरुले पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले आफ्ना ठूलो संख्याका सेना तैनाथ गरेर आक्रमणको तयारी गरेको जनाएको

इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आदेश दियो

पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ। इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको हो। त्यस्तै त्यहाँ...

कोभिडको पहिलो लहरमा दिएका आदेश तेस्रो लहरमा पनि कार्यान्वयन भएनन्

कोरोनाको तेस्रो लहर चलिरहँदा सर्वोच्च अदालतले मंगलबार सरकारलाई आदेश दियो, ‘स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल÷प्यारासिटामोललगायतका अन्य औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनू ।’ कोरोना महामारी नियन्त्रण गर्न सर्वाेच्चले सरकारलाई...