चितवन । चितवनका युवा व्यवसायीको समूह न्यू होप नमस्ते इन्भेष्टमेन्टको अध्यक्षमा दीपेश श्रेष्ठ चयन भएका छन् । कम्पनीको सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
कम्पनीको सचिव पदमा भूपेन्द्र कर्माचार्य चयन भएका छन् भने सदस्यहरूमा मनोज रानाभाट, गोपाल भट्टराई र सचिववदन भण्डारी चयन भएका हुन् । यस्तै ग्रुपको सल्लाहकारमा दिपेश श्रेष्ठ (ख) र रुवीन रामुदामु चयन भएका छन् ।
सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले कम्पनीले पूर्णता पाएसँगै चितवनलगायत अन्य जिल्लाहरूमा विभिन्न क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको बताए । ‘हामी सबैको आ–आफ्नै विजनेश र पेशा छ,’ श्रेष्ठले भने, ‘यो ग्रुपमा हामीले संयुक्त लगानी गरी सम्भावित क्षेत्रमा लगानी गर्दै जानेछौं ।’
ग्रुपले हाल रियलस्टेट क्षेत्रमा लगानी गर्दै आएको र आगामी दिनमा हस्पिटालिटी क्षेत्रमा लगानी गर्न लागेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘चितवन हरेक क्षेत्रमा सम्भावना भएको क्षेत्र हो,’ उनले भने, ‘तर भोलिका दिनमा यहांँ मात्रै होइन, देशमा मुख्य शहरहरूमा पनि लगानी र व्यवसाय विस्तार गर्दै लग्नेछौं ।’
कम्पनीमा पोल्ट्री, अटोमोबाइल, होटल, सुनचाँदी, स्वास्थ्य, सहकारीलगायत क्षेत्रका व्यवसायीहरू गरी ३१ जना सदस्य आवद्ध छन् ।