नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार तेस्रो दिन गिरावट आएको छ । मंगलबारदेखि घट्न थालेको नेप्से परिसूचक आज बिहीबार पनि घटेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेको थियो । त्यसयता हिजो बुधबार नेप्से परिसूचक ३९ अंकले घटेको थियो । जुन, आज बिहीबार २६.५२ अंकले घटेको हो । यससँगै परिसूचक १८ सय ९३ अंकमा आइपुगेको छ । यस्तै, आज सेन्सेटिभ समूह समेत ४.१७ अंकले घटेर ३७२ अंकमा आइपुगेको छ ।यस क्रममा आज नेप्सेमा १ अर्ब ११ करोड ९४ लाख रूपैयाँ बराबरको ३१ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ