आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११.८२ अंकको गिरावट आएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घटेर १९ सय २१ अंकमा आएर बन्द भएको हो ।यसक्रममा नेप्सेमा ३० लाख कित्ता सेयर किनबेच भएर १ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ३.२२ अंकले घटेर ३७२ अंकमा आइपुगेको छ । यस्तै, फ्लोट सूचकमा ०.७५ अंकले घटेर १३२ अंकमा आइपुगेको छ ।नेप्से परिसूचक घटेपनि आज जीवन बीमा समूह र बैंकिङ समूहमा भने सुधार आएको छ । जीवन बीमा समूह ९६ अंकले बढ्दा बैकि