अमेरिकामा कोरोनाबाट औसतमा सङ्क्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्यु दर २२ प्रतिशतले घटेको छ ।अमेरिकामा शुक्रबारसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ३४ लाख ३० हजार ३४२ रहेको छ । हालसम्म कूल पाँच लाख ९८ हजार ७ सय ७० जनाको निधन भएको छ । न्यूयोर्क टाइम्स तथा सिडीसीद्वारा निकालेको तथ्याङ्क अनुसार बिहीबार २४ घण्टाको अन्तरालमा १३ हजार ४०९ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने ३८७ जनाको मृत्यु