काठमाडौं: 'ड्राइ फ्रुट्स'मध्ये काजु निकै स्वादिलो खानेकुरा हो। काजु जति स्वादिलो छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक छ।यसलाई ड्राइ फ्रुट्स'को राजाको रूपमा लिइन्छ। काजु बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको मनपर्ने सुख्खा फल हो। काजु खाँदा हुने फाइदा अनेकौँ छन्।काजुमा प्रोटिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। काजु फलाम, फाइबर, फोलेट, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र क्याल्सियमको राम्रो स्रोत हो। दैनिक काजु खाने मानिसको शरीरमा क्याल्सियम, जिंक र