वैदेशिक रोजगारीमा मन्दी आए पनि घटेन ठगी

कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने गत वर्षको ६ महिनाको तुलनामा बढेको छ । सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो ।नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइदिने […]

सम्बन्धित सामग्री

ब्याजदर १० प्रतिशतमुनि रहेसम्म शेयरबजार बढ्छ

अहिले नेप्से परिसूचक ३१६१.५६ सय बिन्दुमा पुगेको छ । बजार बढ्दो प्रवृत्तिमा छ । १ वर्षअघिसम्म ११/१२ सय को हाराहारीमा रहेको बजारमा दैनिक २५/३० करोड रुपैयाँको कारोबार हुनेमा मंगलवार झन्डै १८ अर्ब रुपैयाँकोकारोबार भयो । कारोबारले २० अर्ब रुपैयाँसम्मको रेकर्ड बनाएको थियो । विगतमा पनि शेयरबजारमा यस्तै बढोत्तरी नभएको होइन । विसं २०५८, २०६२ र २०७२ सालमा शेयरबजार यसरी नै बढेको थियो । जुन बेला बजारमा बुलिस प्रवृत्ति देखिएको छ, त्यो बेला बैंक ब्याज कम रहने गरेको छ । अर्थात्, बैंकले दिने कर्जामा ब्याज कम भएको बेला नै शेयरबजारमा उछाल आएको देखिन्छ । जब बैंकको ब्याजदर १० प्रतिशतबाट ओरालो लाग्यो, त्यसपछि शेयरबजार उचालिन थालेको हो । अन्यत्र लगानीका क्षेत्र र अवसर खुम्चिएको बेला सहज तरीकाले लगानी गर्न सकिने र चाहेको बेलामा सहजै निस्किन सकिने भएकाले शेयरबजार लगानीकर्ताको रोजाइमा पर्नु स्वाभाविकै हो । यसपटक पनि जब बैंकको ब्याजदर १० प्रतिशतबाट ओरालो लाग्यो, त्यसपछि शेयरबजार उचालिन थालेको हो । अन्यत्र लगानीका क्षेत्र र अवसर खुम्चिएको बेला सहज तरीकाले लगानी गर्न सकिने र चाहेको बेलामा सहजै निस्किन सकिने भएकाले शेयरबजार लगानीकर्ताको रोजाइमा पर्नु स्वाभाविकै हो । यसमा अनलाइनमाध्यमबाटै लगानीकर्ता सहभागी हुन सक्छन् । पछिल्लो समय शेयरबजारमा भित्रिएको प्रविधि र प्रक्रियागत सुधारले पनि कारोबार बढाउन मद्दत पुर्‍याएको हो । यसका निम्ति अतिरिक्त पूर्वाधार र खर्चको आवश्यकता नपर्ने भएकाले पनि कारोबार सजिलो छ । लगानीकर्ताले सेकेन्डरी लगानीको विकल्पको रूपमा शेयरबजारलाई उपयोग गरेका छन् । लगानीकर्ताका लागि आफ्नो अतिरिक्त पैसा लगाउने सुरक्षित र सहज ठाउँ शेयरबजार नै बनेको छ । सामान्यतः साउन र भदौ महीनामा अन्य उद्यम व्यापार पनि उतिसारो नचल्ने भएकाले पनि यो बेला शेयरमा आकर्षण बढेको हो । अर्को, हाम्रो ७० लाख जनशक्ति विदेशमा काम गरिरहेको छ । महीनामै अर्बाैं रुपैयाँ विप्रेषण नेपाल भित्रिन्छ । कोरोना कालमा पनि यो रकम अनुमानअनुसार घटेन । यो रकम पनि कुनै न कुनै माध्यमबाट बैंकिङ च्यानलमै आउँछ । यसले बैंकमा तरलता बढाएको छ । बैंकमा तरलता बढ्नु र लगानीका क्षेत्र सीमित हुँदा ब्याजदर पनि खुम्चिन्छ । यसले पनि शेयरबजारलाई बढाएको हो । कोरोना महामारीमा अन्य उद्यम व्यापारमा मन्दी छाएको छ, यो रकम शेयरबजारमा गएको छ । यही बीचमा शेयर कारोबारमा अनलाइन प्रणालीले थपेको सहजता पनि बजार बढ्ने कारण बन्यो । डिम्याट खाताको संख्या ३५ लाख पुगिसकेको छ । ५ लाख जति सक्रिय छन् । अहिले शेयर किनेको तेस्रो दिनमा खातामा आइसक्छ । चौथो दिनमा बेच्न सकिन्छ । यो सुधारले पनि कारोबार बढेको हो । पहिला महीनामा ४ पटक कारोबार हुने लगानीले अहिले १२ पटकसम्म कारोबार गर्न सकिन्छ । यसले पनि स्वाभाविक रूपमा बजारको आकार बढाउन मद्दत मिलेको हो । तर, जसरी कारोबार बढ्यो त्यसको तुलनामा पूर्वाधार बढ्न सकेको छैन । आज पनि ४ दर्जन हाराहारीकै शेयर ब्रोकरबाट काम भइरहेको छ । दैनिक २५ करोड रुपैयाँ कारोबार हुँदाका पूर्वाधारमा दैनिक १०/१२ अर्ब रुपैयाँको कारोबारको व्यवस्थापन सहज रूपमा हुन सक्दैन । बैंकहरूलाई मापदण्ड बनाएर शेयर किनबेचको अनुमति दिइनुपर्छ । यसो भयो भने नयाँ लगानीकर्ता आउँछन् । जसरी शेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको छ । त्यो अनुपातमा नयाँ शेयर पनि आउन सकेका छैनन् । पुनर्बीमा कम्पनी र निफ्राले आवेदन दिनेजति सबैलाई शेयर दिएयता आवेदकहरू ह्वात्तै बढेका छन् । यी कम्पनीले शेयरबजारमा धेरैको रुचि जगाएका पनि हुन् । तर, त्यसयता शेयर भर्ने धेरै, तर पाउने कम भएका छन् । अब नयाँ लगानीकर्तालाई शेयरबजारमा आकर्षित गरिरहने र टिकाउने हो भने ठूला लगानीका कम्पनी ल्याउनुपर्छ । ३०/३५ लाख कित्ता शेयर जारी गरेर हुँदैन । एउटा कम्पनीले कम्तीमा ५/७ अर्ब शेयर विक्री गर्नुपर्छ, यसो भयो भने शेयरबजारमा आकर्षण कायम रहन्छ । अहिले बैंकहरूले ६/७ प्रतिशत ब्याजमा बोलाइबोलाई पैसा दिइरहेका छन् । विगत डेढ वर्षयता कोभिडका कारण लगानीका क्षेत्र खुम्चिएका छन् । ठूला योजनामा लगानी गएको छैन । हामीकहाँ अन्य क्षेत्रमा लगानीको प्रवृत्ति सुझबुझपूर्ण छैन । उदाहरणका रूपमा नेपालमा खुलेका सिमेन्ट र डन्डी उद्योगलाई लिऊँ, खपतको दोब्बर क्षमतामा उद्योग लागेका छन् । २०७२ सालको भूकम्पअघि जस्तापाता उद्योग बन्द हुने अवस्था आएको थियो । त्यसपछि नयाँ उद्योग थपिए । घ्यू र तेल उद्योगको अवस्था उस्तै छ । कोरोनाका कारण जलविद्युत् योजनाका साना ठूला काम पनि अपेक्षित अघि बढ्न सकेका छैनन् । बैंकहरूले पनि त्यही क्षेत्रमा लगानी गरेका थिए । बैंकहरूले लगानी प्रवृत्ति पनि योजनाको सम्भाव्यतामा नभएर सहज क्षेत्रमा जाने भयो । कोरोनाका कारण यस्ता उद्योगको अवस्था खस्किएको छ । विगतमा ती उद्योगमा लगानी बढी भएकाले तरलता अभाव थियो । कोरोनाले बजार प्रभावित भएपछि अब केही समय यस्ता योजनामा नयाँ लगानी आउने सम्भावना देखिँदैन । यसले बैंकमा लगानीयोग्य रकम बढ्नेछ । यसले ब्याजदर घटाउनै दबाब दिन्छ । जबसम्म बैंकको ब्याज दर १० प्रतिशतबाट उकालो लाग्दैन, तबसम्म शेयरबजार उकालो चढिरहन्छ । बढ्दो बजारमा विकृति पनि बढिरहेका हुन्छन् । यस्तोमा लगानीकर्ताले आफ्नो लगानी कस्ता कम्पनीमा लगाउने भन्नेमा चाहिँ पर्याप्त सतर्कता सुझबुझ भने अपनाउनैपर्छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का क्यापिटल मार्केट समितिका संयोजक अग्रवालसित गरिएको कुराकानीमा आधारित ।