सिन्धुलीमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै पाँचौ पटक ६ दिन थपिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यसअघि लगाएको निषेधाज्ञालाई जेठ ३१ गते राति १२ बजेसम्म थप गर्न सिफारिस भए बमोजिम निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।