नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो सरकारको पहिलो प्राथमिकता रहने भनी संसद्लाई जानकारी गराएर सकारात्मक सन्देश दिएका छन् ।
प्रतिनिधि सभा बैठकमा आइतवार विश्वासको मत लिने क्रममा देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप नै भएको उल्लेख गरे । विकास सरकारको प्राथमिकता भएपनि अझ महत्त्वपूर्ण कुरा जनताको जीवन रक्षा रहेकाले सरकार खोपमै केन्द्रित हुने देउवाले उल्लेख गरे ।
संयोग भन्नुपर्छ, प्रतिनिधि सभाबाट विश्वासको मत पाएको भोलिपल्ट प्रधानमन्त्री ...