काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छिन्।३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकका लागि गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी हुन्। ज्येष्ठ नागरिक संघर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उनले उनीहरूको ज्ञान र अनुभवबाट युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने बताएकी छिन्। ‘ज्येष्ठ नागरिकमा अन्तर्निहित