काठमाडौं : हाल नेपालमा रहेका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमध्ये सबैभन्दा उत्कृष्ट सेवा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रहेको पाइएको छ।हाल नेपालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी देशभरि ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन्।