मूर्ति बनाउँदै,परिवार पाल्दै

सहजपुर- बुबाबाट सिकेको सीपले अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी अमर सुनार परिवारको जीविकोपार्जन चलिरहेको छ । बुबाबाट मूर्ति बनाउन सिकेका उनले त्यसैलाई आफ्नो व्यवसाय बनाएका छन् । उनले यसैबाट आफ्नो परिवारको जीवन पनि धानेका छन्। सत्र वर्षको उमेरदेखि नै उनले निरन्तर रूपमा मूर्ति बनाउँदै आएका छन् । “बुबाले सुनारको काम गर्नुहुन्थ्यो तर बीचबीचमा उहाँले कसैले […]

सम्बन्धित सामग्री

मूर्ति बनाएर परिवार पाल्दै बाँकेका युवा

बाँकेका एक युवाले माटाको मूर्तिहरु तयार गर्न सुरु गरेका छन् ।१२ वर्षको उमेरमा भारतमा गएर माटाका मूर्ति बनाउन सिकेका उनले आफ्नै गाउँमा फर्केर माटाका मूर्ति बनाई बेच्न सुरु गरेका हुन् । नेपालगञ्ज ७ घाँसियार टोलका १८ बर्षिय छोटु केवटले माटाका मूर्तिहरु निर्माण गर्न सुरु गरेका छन् । उनी यस वर्षमा नै करिब १० देखि १२ […]

माटोको मूर्ति बनाएर परिवार पाल्दै स्थानीय कालिगढ

कलैया उपमहानगररपालिका–७ बैरिया टोलका ३२ बर्षीय रामकिशोर रामले यस बर्ष तीसवट भन्दा बढी सरस्वतीको मूर्ति बिक्री गर्नुभयो । एक महिनाको मिहिनेतले लाखौँ रुपियाँ कमाउने लक्ष्य उहाँको छ । ग्रामीण भेगका कालिगढले शहरी क्षेत्रमा आएर सिजन अनुसार सरस्वती, विश्वकर्मा, दूर्गा, गणेश लगायतका मूर्ति बनाएर राम्रो आम्दानी गर्ने गर्नुहुन्छ उहाँे कामको खोजीमा हुनुहुन्थ्यो तर कुनै सोचे जस्तो रोजगारी मिलेन त्यस पछि यस्तो मूर्ति बनाउने सोच आयो । बिगत आठ बर्षदेखि रामले बिना गुरु आफैले बिभिन्न सिजनमा माटोको मूर्ति बनाएर आठ जनाको परिवार पाल्दै आउनु भएको छ ।