माटोको मूर्ति बनाएर परिवार पाल्दै स्थानीय कालिगढ

कलैया उपमहानगररपालिका–७ बैरिया टोलका ३२ बर्षीय रामकिशोर रामले यस बर्ष तीसवट भन्दा बढी सरस्वतीको मूर्ति बिक्री गर्नुभयो । एक महिनाको मिहिनेतले लाखौँ रुपियाँ कमाउने लक्ष्य उहाँको छ । ग्रामीण भेगका कालिगढले शहरी क्षेत्रमा आएर सिजन अनुसार सरस्वती, विश्वकर्मा, दूर्गा, गणेश लगायतका मूर्ति बनाएर राम्रो आम्दानी गर्ने गर्नुहुन्छ उहाँे कामको खोजीमा हुनुहुन्थ्यो तर कुनै सोचे जस्तो रोजगारी मिलेन त्यस पछि यस्तो मूर्ति बनाउने सोच आयो । बिगत आठ बर्षदेखि रामले बिना गुरु आफैले बिभिन्न सिजनमा माटोको मूर्ति बनाएर आठ जनाको परिवार पाल्दै आउनु भएको छ ।