पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३९० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार २३० को पीसीआर परीक्षण गर्दा २८२ र ५३५ को एन्टिजेन परीक्षण गर्दा १०८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२ मध्ये विराटनगरमा ४४, झापामा १०१, सुनसरीमा ६१, इलाममा आठ, ताप्लेजुङ, धनकुटा र उदयपुरमा दुई÷दुई, पाँचथर र खोटाङमा एक÷एक र प्रदेशबाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३२८ कोरोना सङक