प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, सङ्खुवासभा र उदयपुरमा दुई÷दुई, ताप्लेजुङ, पाँचथर र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको हो ।
सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्ज...