विराटनगर– प्रदेश–१ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ को एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा छ, झापामा दुई र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । […]