आगामी चैतको पहिलो सातादेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको समेत सहयोगमा हरेक वर्ष आयोजना गर्दै आएको यो वर्षको मेला आगामी चैत ६ देखि १० गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने महासंघ सचिवालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । साथै सोही अवसरमा बुधबारबाटै स्टल बुकिङ खुला भएको समेत जानकारी गराइयो ।