काठमाण्डाै – कोरोना महामारीका लगाइएकाे निषेधाज्ञाले विद्यालय बन्द छ । दिनहुँ विद्यालय जाने बालबालिकाले घरभित्रै बस्नुपरेको छ । जसका कारण धेरैजसो बालबालिकामा मनोसामाजिक समस्या देखा पर्न थालेकाे छ ।
बालबालिकामा हाम्रो विद्यालय किन बन्द भएको होला ? अब कहिले खुल्छ होला ? अब हामी विद्यालय जान पाउँदैनौँ कि ? साथीभाइसँग भेट्न पाउँदैनौँ कि ? विगतका जस्तो दिन आउँदैन कि ? हामीले किन घरभित्रै बसिरहनुपरेको होला ? भन्ने जस्ता डर र चिन्ता देखा पर्न सक्छन् ।
जसले गर्दा पिर लाग्ने, डर लाग्ने, एक...