कञ्चनपुर : (नेकपा एमाले) कञ्चनपुरले विभिन्न विभागका जिम्मेवारी हेरफेर गरेको छ। एमाले जिल्ला कमिटीको बैठकले वडा अधिवेशनको पूर्व-सन्ध्यामा विभाग र जनसंगठनमा जिम्मेवारी हेरफेर गरी बाँडफाँट गरेको छ।मदन आश्रित स्मृति सदनमा आयोजित बैठकले बिभाग र फाँट प्रमुखमा नयाँ जिम्मेवारी तोक्दै बाढी पहिरो पीडितहरूका समस्यालगायत विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षणसमेत गराएको हो।विधानमा व्यवस्था भएबमोजिम पार्टी स्कुल विभाग प्रमुखमा वीरबहादुर थापा, संगठन विभाग प्रमुखमा सुरेन्द्र विष्ट, प्रचार विभाग प