नेकपा (एमाले)ले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी हेरफेर गरेको हो । एमाले प्रचार विभाग सचिव गगन विष्टले जारी गर्नुभएको विज्ञप्तिअनुसार बैठकले वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई पार्टीका ३३ वटा केन्द्रीय विभागलाई कामको प्रकृतिका आधारमा समूह बनाई ती समूहको …