पहिरोले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा

सिन्धुपाल्चोक- अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको छ । पहिरोका कारण अवरुद्ध सडक सोमबारबाट सञ्चालनमा आएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए। मेलम्ची पारी झुलुङे पुलदेखि यातायातको साधन सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ । यसअघि पनि पटक–पटक अवरुद्ध सडक सञ्चालनको प्रयास गरे पनि लगातर वर्षाका कारण सञ्चालनमा ल्याउन नसकेको धितालले बताए […]

सम्बन्धित सामग्री

अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक खुलाइँदै

पहिरोले अवरुद्ध मेलम्ची–पाँचपोखरी सडकखण्ड डोजरको सहयोगमा सडक खुलाइँदै । तस्बिर : रासस

मेलम्ची क्षेत्रका धेरै भौतिक पूर्वाधारमा क्षति

गत असार १ मा मेलम्ची नदीमा लेदोसहित आएको बाढीका कारण यस क्षेत्रमा पुल, सडक, झोलुङ्गे पुल, बसपार्कलगायतका धेरै पूर्वाधार क्षतिग्रस्त बनेका छन् । सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारअन्तर्गतका विभिन्न संरचना क्षतिग्रस्त बनेका छन् । मेलम्ची नगरपालिका–११ स्थित चन्द्र शम्शेरको समयमा बनेको पुल बाढीले बगाएको छ । विसं १८८६ मा बनेको सो पुल अहिले बगाएको हो । सङ्घीय सडकअन्तर्गत सिपाघाट नजिकै पहिरोका कारण सडक क्षतिग्रस्त बनेको छ । झण्डै १५० मिटर सडकमा तलबाट नदीले र माथिबाट पहिरोले असर पु¥याएको देख्न सकिन्छ ।          त्यसलाई मर्मत गरिने र पहिरो नियन्त्रण गरिने सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि सडक सुचारु छ पहिरो हटाएर मर्मत गरेपछि ठूलो समस्या छैन ।” मेलम्ची–११ मा रहेको मेलम्ची बजारदेखि नवलपुर चौतारा र पाँचपोखरी थानपाल जोड्ने पक्की पुल पूर्णरुपमा क्षति भएको छ । यो पुल छोटो समयमा नै निर्माण गर्न सकिने देखिएको महानिर्देशक थापाले बताउनुभयो । उहाँका अनुसार पुलको जग नबिग्रिएकाले र पिलरमा क्षति नदेखिएकाले छोटो समयमा बनाउन सकिने देखिएको छ । पुलको बीचको भाग मात्र भत्काएर लगेको पाइएको छ । सो पुल आठ नौ महिनामा निर्माण गर्न सकिने देखिएको छ । उहाँले भन्नुभयो, “त्योभन्दा अघि तत्कालका लागि झोलुङ्गे पुल वा अरु अस्थायी क्रसिङ सकिन्छ ।”

‘मेलम्चीमा सबैकाे नजर परेकाे छ, तर विकट बस्तीको पीडालाई कसैले देखेनन्’

सिन्धुपाल्चोक – मङ्गलवार रातिकाे अविरल वर्षासँगै आएको बाढीबाट मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठूलो क्षति पुर्‍याएकाे छ । सडक सञ्जालसँग जोडिएको मेलम्चीमा सबैको नजर परेको छ तर माथिल्लो भेगका नागरिक भने राहतको पर्खाइमा भोकै खुला आकाशमुनि बसिरहेका छन् ।हेलम्बु गाउँपालिकाका प्रवक्ता छिरीङ ह्योल्मोका अनुसार हेलम्बु १ को हल्दे, तर्तुङमा २३ घर बाढी र पहिरोले बगाएको छ । हेलम्बु गाउँपालिका २ नम्बर वडाको गणेशे बगर, सिम खेत र चनौटे बजारका सय घरपरिवार विस्थापित भएका छन् ।जसोतसो यी बस्तीसम्म त राहत पुग...