अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक खुलाइँदै

पहिरोले अवरुद्ध मेलम्ची–पाँचपोखरी सडकखण्ड डोजरको सहयोगमा सडक खुलाइँदै । तस्बिर : रासस 

सम्बन्धित सामग्री

अवरुद्ध सडक खुलाइँदै

गए रातिको अविरल वर्षाका कारण मुग्लिङ-नौबिसे सडक खण्डको फिस्लिङ र मोवाखोला बिचमा झरेको लेदोको कारण राति २ बजेदेखि सडक अवरुद्ध भएकाे छ।

अवरुद्ध सडक खुलाइँदै - NepaliPatra

सुर्खेत । सुर्खेत र दैलेखको सिमानास्थित रातानाङ्गला–धरमपोखरा–सुयडा सडक खण्डअन्तर्गत धरमपोखरा नजिक पहिरोको खसेर अवरुद्ध भएको सडक डोजरबाट खुलाउँदै । तस्विरः सुरेश आचार्य÷रासस

अवरुद्ध सडक खुलाइँदै

पहिरोका कारण अवरुद्ध भएको मेलम्ची–पाँचपोखरी सडकखण्डको राम्चेमा डोजरको सहयोगमा सडक खुलाइँदै । लगातारको वर्षाका कारण मेलम्ची हेलम्बु आसपासका क्षेत्रमा बाढी, पहिरोको जोखिम बढ्न थालेको छ । तस्बिर : रासस

बाढी र पहिरोले अबरुद्ध सडक खुलाइँदै

गएको कात्तिक १ गतेदेखि ३ गतेसम्म आएको बाढी पहिरोका कारण अबरुद्ध सेती लोकमार्ग अन्तर्गतको जडार थामलेख सडक अस्थाई रुपमा खुलाउने काम सुरु भएको छ । बेमौसमी बर्षासंगै आएको बाढी र पहिरोकाकारण अवरुद्ध भएको सो सडक अस्थाई रुपमा खोल्न गाउँपालिकाले काम सुरु गरेको हो ।

अवरुद्ध १४ सडक खुलाइँदै

विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पु¥याएको सडक विभागले जनाएको छ ।सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडक विभागको रेकर्डमा कात्तिक महिनामा वर्षाका कारण राजमार्ग तथा सडकमा यति ठूलो मात्रामा क्षति पुगेको पहिलो पटक भएको जानकारी दिए ।वर्षाका कारण जयपृथ्वीबहादुर सिंह मार्गको खोर्पेदेखि बझाङसम्म, सेती राजमार्गको डडेल्धुराबाट डोटी जाने सडक ठाउँठाउँमा अवरुद्ध भए

अवरुद्ध १४ सडक खुलाइँदै

विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पु¥याएको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडक विभागको रेकर्डमा कात्तिक महिनामा वर्षाका कारण राजमार्ग तथा सडकमा यति ठूलो मात्रामा क्षति पुगेको पहिलो पटक भएको जानकारी दिनुभयो ।

तस्वीर : मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने सडक खुलाइँदै

असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महीना सडक अवरुद्ध थियो । सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ । मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ किमी सडकमध्ये १४ किमीमा ‘ट्र्याक’ खुलिसकेको छ । अब चनौटेबाट अघि आठ किमी सडक खुलाउन बाँकी रहेको छ । चनौटेमा रातो पुल बगाएपछि त्योभन्दा अगाडिको सडक खुलाउन नसकिएको हो । तस्वीर : रासस

बेंसीसहर–चामे सडक बम पड्काएर खुलाइँदै

गत आइतबार बिहान पहिरो खसेपछि बेंसीसहर–चामे सडक अवरुद्ध छ । एक्साभेटरको माध्ययमबाट सडक खुलाउन नसकिएपछि पहिरिएको चट्टान फोर्न बम प्रयोग गरिएको डिभिजन सडक कार्यालय दमौलीले जनाएको छ ।