प्रधानन्यायाधीशलाई छोइछिटो, ४१ न्यायाधीश नियुक्तिमा ढिलाइ

न्याय सेवा आयोगको अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले माघ २८ गते शुक्रबार तेस्रोपटक न्याय सेवा आयोगको बैठक डाकेका थिए । बिहान ११ बजेका लागि डाकिएको बैठक अपराह्न ३ बजेसम्म पनि बस्न सकेन । शुक्रबार भएको कारण कार्यालय समय सकिएपछि माघ २८ गतेका लागि डाकिएको बैठक बिना सूचना नै स्थगित भयो ।यसअघि पनि माघ १३ गते र माघ २३ गते न्याय सेवा आयोगको बैठक बोलाइएको थियो । तर ती दुवै बैठकमा आयोगका सदस्यहरू वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र कानुनमन्त्री दि

सम्बन्धित सामग्री

कानूनमन्त्री गुरुङको स्वीकारोक्तिः न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उच्च तथा सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरुको नियुक्तिमा ढिलाइ भएको स्वीकार गरेका छन् । पार्टीको जारी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै कानून न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेको गुरुङले न्यायाधीशको नियुक्तिमा ढिलाइ भएको स्वीकार गरेका हुन् । “न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो । स्वीकार गर्नुपर्छ,” गुरुङले […]

न्यायाधीश नियुक्तिमा ढिलाइ : सर्वोच्च अदालतमै रिक्त हुँदैछन् एक तिहाइ पद

गत वर्षदेखि नै रिक्त पदमा नियुक्ति हुनसकेको छैन । महिनैपिच्छे न्यायाधीशहरूले अवकाश पाउँदा नयाँ नाम सिफारिस हुनसकेको छैन । नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेमा परिषद्का पदाधिकारीहरूले एक–अर्को बहानामा बैठक टारिरहेका छन् ।

‘न्यायाधीश नियुक्तिमा भागबन्डाको चर्चै छैन, सैद्धान्तिक कुरामै अड्किएको छ’

राजनीतिक भागबन्डा, ‘करिअर जज’ को सरोकार तथा वकिलहरूको आकांक्षा सम्बोधन गर्नुपर्ने चुनौतीले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा ढिलाइ भएको छ । हाल सर्वोच्चमा (बिदामा गइसकेका टंकबहादुर मोक्तानसहित) ६ र उच्च अदालतमा ४२ न्यायाधीशको पद रिक्त छ ।