काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) ले देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेका बताएको छ । पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा केन्द्रीय सचिव जीवनराम श्रेष्ठले उक्त जानकारी दिँदै महाधिवेशनका लागि एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनौट गरिने बताए ।
राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब...
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) ले देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेका बताएको छ । पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा केन्द्रीय सचिव जीवनराम श्रेष्ठले उक्त जानकारी दिँदै महाधिवेशनका लागि एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनौट गरिने बताए ।
राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब...
एमाले अध्यक्ष केपी ओलीले संगठित सदस्यको संख्या तीन गुना बढेको दाबी गरेका छन् । कार्की ब्याङ्क्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले उक्त दाबी गरेका हुन् ।‘गत असोजदेखि संगठनात्मक सुदृढीकरणको विशेष अभियान सञ्चालन गरेका थियौं, यसक्रममा नवौं महाधिवेशनको तुलनामा पार्टी सदस्यता विस्तार र नवीकरण झन्डै तीन गुना बढेर आठ लाख ५५ हजार पुग्यो,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा १ लाख १२ हजार १८८ जना माओवादी केन्द्रका संगठित सदस्य रहेको जनाएको छ । शनिबार सुरु भएको प्रदेश सम्मेलनमा नेता जगप्रसाद शर्माले प्रदेशमा पार्टी सदस्य र पार्टीका गतिविधिबारे जानकारी गराएका हुन् ।त्यसक्रममा उनले २६ वटा संघीय निर्वाचन क्षेत्र, ५२ प्रदेश निर्वाचन क्षेत्र, १०९ वटा पालिका र ९८३ वडामा सम्मेलन सम्पन्न भएको पनि जानकारी दिए । उनले लुम्बिनी प्रदेश ऐतिहासिक, सांस्कृति मात्रै नभइ हिजोको विभिन्न आन्दोलनले पनि महत्वपुर्ण रहेको बताए । उनले लुम्बिनी कम
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ। संगठित सदस्यका आधारमा एमालेले महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको हो।
एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन्। चुनावी प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिने भएपनि कतिपय स्थानमा सर्वसम्मत प्रतिनिधि चयन भइसकेको एमालले जनाएको छ।
चितवनमा…
काठमाडौं। नेकपा एमालेले आगामी दशौं राष्ट्रिय महाधिवेशनमा हुने खर्च रकम पार्टी सदस्यहरुबाटै उठाउने भएको छ। बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा एक सयका दरले संकलन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। उनका अनुसार उक्त रकम पार्टी सदस्यहरुले अनलाइनमार्फत पार्टीको खातामा जम्मा गर्नुपर्नेछ। एमाले संगठित सदस्य ७ लाख २० हजार रहेका छन्।
राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियानमार्फत करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य लिएको छ । पार्टीमा जिम्मेवारी नपाएका नेताहरूलाई जिम्मेवारी दिएर संगठनलाई सशक्त बनाउने माओवादीले निर्णय गरेको छ । असोज ६, ११, १२ र १३ गते सम्पन्न माओवादीको स्थायी कमिटी बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि कपिलवस्तु इञ्चार्जको जिम्मेवारी दिइएका डोरप्रसाद उपाध्यायलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ ।