३० लाख माओवादी बनाउने प्रचण्डको लक्ष्य, देशैभरि जिम्मेवारी हेरफेर (सूचीसहित)

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियानमार्फत करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य लिएको छ । पार्टीमा जिम्मेवारी नपाएका नेताहरूलाई जिम्मेवारी दिएर संगठनलाई सशक्त बनाउने माओवादीले निर्णय गरेको छ । असोज ६, ११, १२ र १३ गते सम्पन्न माओवादीको स्थायी कमिटी बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि कपिलवस्तु इञ्चार्जको जिम्मेवारी दिइएका डोरप्रसाद उपाध्यायलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ ।