कांग्रेस नेता प्रकाशमान सिंहले आफू सभापति बन्ने सर्तमा पौडेल समूहबाट साझा उम्मेदवार चुन्न सकिने बताएका छन् । ‘सबै मिलेर जाने भन्नेबारे छलफल भइरहेको छ, तर टुंगिएको छैन,’ सिंहले बिहीबार आफ्नो उम्मेदवारीबारे सम्पादकहरूसँग छलफल गर्दै भने, ‘सधैँ गणेशमानकै परिवारले मात्रै त्याग गर्नुपर्ने भन्ने हुँदैन । यसपटक म सभापति हुने परिस्थिति बन्यो भनेमात्रै साझा उम्मेदवार चयन गर्न सकिन्छ ।’