राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कारबाही सञ्चालनमा आएको छ ।
गत ४ महिनादेखि निगमले प्रक्रियागत एवं संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णय सहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
निगमलाई कम्पनी मोडलमा लैजान लागिएको विरोधमा निगमभित्र कर्मचारी ट्रेड युनियनले १०४ दिनसम्म आन्दोलन गरेका थिए ।
निगमका महाप्रबन्धक १०२ दिनसम्म कार्यालय पुग्न सकेका थिएनन् । जसको परिणामस्वरूप निगमको कार्यकार...