सगरमाथा उचाइ र कमाइ

यही २०८१ जेठ १६ गते अर्थात् सन् २०२४ मे २९ का दिन १७ औँ ‘विश्व अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाइयो । स्मरण रहोस्; नेपालमा मात्रै नभएर न्युजिल्यान्ड, अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, भारत (भारतको सिक्किम राज्य) लगायतका देशमा पनि ‘विश्व अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाइने गरिन्छ । तथ्याङ्क अनुसार हालसम्म ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने पर्वतारोहीको सङ्ख्या (सन् २०२३ को स्प्रिङ सिजनसम्म, विसं २०८० को वैशाख–जेठ) ११ हजार ९९६ पुगिसकेको छ । यो सङ्ख्यामा कसैले दोस्रो पटक, कसैले तेस्रो पटक, कसैले पटक पटक आरोहण गरिसकेका छन् । जस्तै कामिरिता शेर्पाले (सन् २

सम्बन्धित सामग्री

एक पर्यटन व्यवसायीको नजरमा सगरमाथाको अर्थ राजनीतिक महत्त्व

हालसम्म समुद्री सतहबाट नाप्दा र अहिलेसम्म विश्वले दिएको मान्यताअनुसार विश्वको सबैभन्दा अग्लो पर्वत सगरमाथा नै हो भन्नेमा कसैको विमति रहेन, पहिले पनि थिएन । तथापि पनि कति अग्लो ? भन्नेमा चाहिँ विदेशी (खास गरी अमेरिका र केही पश्चिमा देशहरू) ले विवाद झिकिरहन्थे । पछिल्लोपटक विसं २०७७ मङ्सिर २३ तदनुसार सन् २०२० डिसेम्बर ८ का दिन नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा यो हिमालकोे नयाँ उचाइ ८ हजार ८४८ दशमलव ८६ मीटर घोषणा गरे ।  त्यसअघि सगरमाथाको आधिकारिक उचाइमा एकरूपता थिएन । नेपाल सरकारले सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८४८ मीटर मान्ने गरेको थियो भने चीनले ८ हजार ८ सय ४४.४३ सेन्टी मीटरलाई आधिकारिक मान्ने गरेको थियो । त्यसैले नेपाल तर्फबाट सफलतापूर्वक सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरूले ८ हजार ८४८ मीटर भनी आरोहण प्रमाणपत्र पाउँथे भने चीन तर्फबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरूले चाहिँ ८ हजार ८४४.४३ सेन्टी मीटर भनी आरोहण प्रमाणपत्र पाउने गरेका थिए । कताकति विश्वको सबैभन्दा अग्लो पर्वत वा भनौं हिम शिखर सगरमाथाको आधिकारिक नाम अब चोमोलुङमा हुनुपर्छ भन्ने माग पनि सुनिन्छ । यो माग धेरै नै सानो र मसिनो गरी सुनिने गरेको छ । किनभने नेपालका मूलधारका मिडिया र बुद्धिजीवीहरूले सगरमाथाको नयाँ नाम ‘चोमोलुङमा’ हुनुपर्छ भन्ने माग सुन्नेबित्तिकै यो त भोटे नाम (तिब्बती) होइन र ? भनी प्रश्न गर्ने गरेका छन् । सगरमाथाको नयाँ नाम चोमोलुङमा हुनुपर्छ भन्नेबित्तिकै जातीय नामको गन्ध आउने भन्ने भनाइ पनि कताकति सुन्ने गरिएको छ । यो हिम शिखरको फेदी (दक्षिणी पाटोका वरिपरि) मा अनादि कालदेखि रहँदै, बस्दै आएका आदिवासी जनजातिहरूले बोलाउँदै र पुकार्दै आएको असली र पुरानो नाम ‘चोमोलुङमा’ नै हो । इतिहास जेजस्तो भए तापनि आजभोलि चोमोलुङमालाई सगरमाथा र एभरेस्ट नामले बढी चिनिन्छ । यो यथार्थ हामीले स्वीकार गर्नैपर्छ ।  फेरि एकपटक सगरमाथाको उचाइकै कुरो गरौं । अमेरिका, इटली आदि देशहरूले भने सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मीटर रहेको भन्दै आएका थिए । खास सगरमाथा हिम शिखरले सीमा छोएको (उत्पत्ति भूमि) देश नेपाल र चीनले तेस्रो पक्षले घरिघरि सगरमाथाको उचाइ बढेको भन्ने भनाइलाई मान्यता दिएको थिएन, वास्ता गरेको थिएन ।    सगरमाथाको आर्थिक पक्ष अर्थात् सगरमाथा आरोहणबाट हुने कमाइबारे पनि चर्चा गरौं । सन् २०२१ को वसन्त याममा मात्रै नेपाल सरकारले रोयल्टीबापत ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा कमाइ गरेको थियो । त्यस्तै हवाई जहाज कम्पनी, हेलिकोप्टर कम्पनी, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, सरदार, ट्रेकिङ शप, सरदार, कुक, क्लाइम्बिङ गाइड, हाई एल्टिच्युड शेर्पा, आइसफल डाक्टर, किचन ब्वाई, भरिया, जोप्को, याक र नाक (पोथी याक) धनी, होटेल सञ्चालकहरू, किसानलगायतले प्राप्त गरेको तलब–भत्ता र आय आर्जनको छुट्टै पाटो रहने गरेको छ । सन् २०२१ मा विश्वकै अग्लो हिम शिखर सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूबाट नेपाल सरकार र नेपालका पर्यटन व्यवसायीहरूले धेरै राम्रो आम्दानी गर्न सफल भएका थिए ।  स्मरणीय छ, उक्त वर्षको वसन्त ऋतुमा सगरमाथा चढ्न भनी विभिन्न देशका ४४ ओटा आरोहण दलका ४०८ जना पर्वतारोही नेपाल आएका थिए । उक्त वर्ष आएका ४०८ जना पर्वतारोही मध्ये एक जना तेस्रो लिंगी, ९२ जना महिला र ३१५ जना पुरुष रहेका थिए । यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि विभिन्न देशका ४२ ओटा आरोहण दलका ४६६ जना पर्वतारोहीले ७३ करोड ७४ लाख नेपाली रुपैयाँ सलामीबापत मात्रै तिरेका छन् । शुरूमै भनिएझै यो सिजनमा लगभग ५ सय जना पर्वतारोहीले सगरमाथा आरोहणका लागि अनुमति लिने अनुमान पर्यटन विभागले गरेको छ ।  त्यसो त हजारौं लाखौं अमेरिकी डलर खर्च गरेर जिन्दगीमा जसरी भए पनि ‘एकपटक विश्वको अग्लो हिम शिखर सगरमाथा चढेरै छाड्ने’ अठोट र सपना साँचेर नेपाल आउँछन् । त्यसका लागि पर्वतारोहीहरूले कयौं दिनसम्म सगरमाथा हिमालको क्याम्प–२, क्याम्प–३, क्याम्प–४ मा पर्खेर बस्नुपर्ने हुन्छ । नेपाली हिमालबाट समग्रमा हुने आर्थिक उपार्जनको तुलनामा सगरमाथा हिमाल एक्लैको कमाइको जुन परिणाम देखिन्छ, यसले सगरमाथा हिमालको अर्थ राजनीतिक महत्त्व बढेर गएको देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

पर्यटनमा पर्वतारोहणको योगदान

नेपालमा हाल पर्यटन र पर्वतारोहणको मुख्य सिजन छ । त्यसैले नेपालको हिमाली क्षेत्रमा पदयात्रा गर्न जाने पदयात्री र पर्वतारोहण गर्न जाने पर्वतारोहीहरूको भीड छ । हुन त नेपालको समग्र राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान कुल अंशको लगभग ४ प्रतिशत मात्रै रहेको मानिन्छ । गतवर्ष कोरोना महामारीबीच पनि नेपाल सरकारलाई नेपालको पर्वतारोहण क्षेत्रबाट रोयल्टीबापत मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ प्राप्त भएको थियो । यसरी हेर्दा पर्यटनभित्र पनि राजस्वको मुख्य स्रोत पर्वतारोहण पर्यटनलाई लिन सकिन्छ । अर्थात् नेपालको समग्र पर्यटन क्षेत्रमा पर्वतारोहण पर्यटनको मुख्य योगदान रहेको देखिन्छ । त्यसमा पनि गएको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न गएका पर्वतारोहीबाट मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै यो वर्ष पनि समग्र नेपालको पर्वतारोहणबाट नेपाल सरकारले विभिन्न हिमाल आरोहण गर्न अनुमति दिएबापत ४७ करोड बराबर आम्दानी गर्‍यो । सगरमाथा हिमाल आरोेहण गर्न आएका विदेशी पर्वतारोही तथा नेपाली पर्वतारोहीबाट मात्रै ३९ करोड ५५ लाख नेपाली रुपैयाँ बराबरको कमाइ गरेको छ । हुन पनि गतवर्ष कोरोना महामारीको संकट बाँकी नै भएको अवस्थामा पनि हिउँद र वसन्त याम (दुवै सिजन) मा विभिन्न देशका पर्वतारोही दलका सदस्यले नेपालमा रहेको ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा लगायत अन्य १६ ओटा हिमाल चढ्न आएका थिए । त्यसो त गतवर्षको पर्वतारोहणको सिजनको शुरू ताका भारतको गुजरात, मुम्बईलगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी, भारतकै पश्चिम बंगाल र बंगलादेशलगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ पर्नाका कारण गतवर्ष धेरै दिनसम्म आरोहण नै रोकियो । समग्रमा विश्वका ती ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमालमध्ये आठ ओटा (६० प्रतिशत) नेपालमा हुनु हाम्रा लागि गौरवको कुरो हो । १४ अग्ला हिम चुचुराहरू सबै नै एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपालको पश्चिमबाट पूर्व भएर जान्छ । हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मीटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा (८ हजार ८ सय ४८ दशमलव ८६ ) हो भने हो । उक्त हिमाल सन् १९५३ मे २९ मा न्यूजील्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए । त्यस्तै, विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मीटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मीटर हो । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मीटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाइ ८ हजार ४ सय ६३ मीटर रहेको छ भने, जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मीटर रहेको छ । सन् १९८४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन र नेपाली नागरिक दावा (लामा) शेर्पाले आरोहण गरेका थिए । विश्वको सातौं अग्लो हिमाल चाहिँ धवलागिरि हो । यसको उचाइ ८ हजार १ सय ६७ मीटर रहेको छ । सन् १९६० को १३ मे मा स्वीट्जरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मीटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १० औं अग्लो हिमाल चाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मीटर रहेको छ । समुद्री सतहबाट नाप्दा ८ हजार मीटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलोपटक मानव पाइला राख्न सफल भएको थियो । उक्त हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थिए । यसरी नेपालका हिमालहरूले पर्यटक आकर्षण गरेका छन् । हिमाल आरोहणका लागि आउने पर्यटकहरूबाट नेपालको पर्यटन व्यवसायले राम्रो लाभ लिएको छ । यसलाई अझै व्यवस्थित गर्न आवश्यक छ ।   लेखक पर्यटनकर्मी हुन् ।

हिमाल आरोहीबाट यो वर्ष कति आम्दानी होला ?

अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरूले तिरेको सलामी (रोयल्टी) बाट सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै, पर्यटन व्यवसायी, होटेल व्यवसायी, सरदार, क्ल्याम्बिङ शेर्पा, रूट गाइड, आइसफल डाक्टर, हाई एल्टिच्युड शेर्पा, कुक, किचन ब्वाई, चौरी–नाक–याक धनी, भरिया र अन्य कामदारहरूले पनि सगरमाथा हिमाल आरोहण गर्न आएका पर्वतारोहीबाट राम्रो आम्दानी  गरेका थिए । सबै हिमालबाट सरकारले विभिन्न देशका पर्वतारोहीबाट सलामी (रोयल्टी) दस्तुरबापत ७१ करोड ४८ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । कोरोना महामारीकै बीच विभिन्न हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरूबाट यति राजस्व प्राप्त गर्नु चानचुने कुरो पक्कै होइन । तर, यो वर्षको वसन्त ऋतुमा हिमाल आरोहणबाट गतवर्षको सिजनमा जस्तो नेपाल सरकार एवम् नेपाली पर्यटन व्यवसायीहरूलाई आम्दानी  नहुने देखिन्छ । गएको वैशाख ४ गतेसम्म विभिन्न देशका ९१ पर्वतारोहण दलका ७४० जना पर्वतारोहीले मात्रै नेपालमा रहेको विभिन्न हिमाल आरोहण गर्नका लागि अनुमति लिएका छन् । चैत २३ सम्ममा यो सिजनमा नेपालमा रहेको विश्वकै अग्लो (८ हजार ८ सय ४८.८६ मीटर ) सगरमाथा अर्थात् चोमोलुङमा हिमाल आरोहणका लागि विभिन्न देशका ३२ आरोहण दलका २६२ जना पर्वतारोहीले अनुमति लिइसकेका छन् । ती ३२ पर्वतारोहण दलका ११७ जना पर्वतारोहीमध्ये १८ जना पर्वतारोही त रूसका मात्रै रहेका छन् । रूस–युक्रेन युद्घ शुरू भएपछि युक्रेन सरकारले औपचारिक रूपमै अनुरोध गरेर रूसका पर्वतारोहीहरूलाई प्रतिबन्ध लगाउन नेपाल सरकारलाई आग्रह गरेको थियो । तर, सरकारले युक्रेन सरकारको उक्त आग्रहलाई स्वीकार गरेन । रूसका पर्वतारोहण दललाई नेपाल सरकारले सगरमाथालगायत केही हिमाल आरोहण गर्ने अनुमति दिइसकेको छ । रूस–युक्रेन युद्घ शुरू हुँदा ताका नै नेपालले रूसको विरुद्घमा मत जाहेर गरेको थियो । जे भए तापनि विभिन्न देशका पर्वतारोहीहरू नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न आउने क्रम जारी रहेको छ । यो क्रम सम्भवत: अप्रिलको तेस्रो हप्तासम्म जारी रहनेछ । हरेक वर्षको अप्रिल महीनाको अन्तिमदेखि मे महीनाको अन्तिम–जुन महीनाको पहिलो हप्तासम्म मात्रै नेपालका हिमाल आरोहण गर्न सकिन्छ । त्यसपछि नेपालमा रहेका प्राय: सबै हिमालमा हिउँ पग्लने क्रम शुरू हुन्छ । त्यसैले नेपालमा जुन महीना लागेपछि प्राय: सबै हिमाल आरोहण गर्न बन्द हुन्छ । त्यसपछि नेपालमा हिमाल आरोहण असम्भव जस्तै हुन्छ । विभिन्न देशका ९१ ओटा पर्वतारोहण दलका ७४० जना पर्वतारोहीले नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन् । त्यसमा सगरमाथासहित नेपालका अन्य २२ ओटा हिमाल रहेका छन् । हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै पर्वतारोही अमेरिकाबाट आएका छन् ।  अमेरिकाबाट मात्रै ११७ जना पर्वतारोही विश्वकै अग्लो हिमाल सगरमाथासहित नेपालमा रहेका अन्य हिमाल आरोहण गर्न नेपाल आइसकेका छन् । ४२ जना अमेरिकी पर्वतारोही त सगरमाथा आरोहण गर्न मात्रै आएका छन् । यो सिजनमा अमेरिकी पर्र्वतारोहीहरू अरू थपिने सम्भावना पनि रहेको छ । गतवर्षको पर्वतारोहणको सिजनको शुरू ताका नै भारतको गुजरात, मुम्बईलगायत राज्यमा समुद्री आँधी र भारतकै पश्चिम बंगाल र बंगलादेशलगायत क्षेत्रमा आएको अर्को समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । त्यसको फलस्वरूप हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउपातका कारण धेरै दिनसम्म पर्वतारोहण कार्य नै रोकियो । फलत: गएको सिजनमा आधाभन्दा पनि कम पर्वतारोहीहरूले मात्रै सगरमाथालगायत अन्य हिमालमाथि विजय प्राप्त गर्न सकेका थिए । विश्वमा हालसम्म मान्यता प्राप्त ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमाल एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व पैmलिनु र ती १४ ओटा हिमालमध्ये ८ ओटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीका लागि सौभाग्य भएको छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा चीन–नेपाल सीमामा अवस्थित ८ हजार १३ मीटर अग्लोसम्म रहेका छन् । त्यसमाथि गएको वर्ष विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर कायम भएको छ भने, त्यसअघि सगरमाथा अर्थात् चोमोलुङमाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक मानिँदै आएको थियो । आशा गरौं, नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूले पर्वतारोहणबाट यसवर्ष राम्रो कमाइ गर्न सक्ने देखिन्छ । जति पनि विदेशी तथा स्वदेशी पर्वतारोहीले नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्, सकेसम्म उनीहरू सबैले सफलता पाऊन्, गतवर्ष जस्तोे पर्वतारोहणको सिजनको शुरू ताका नै भारतको गुजरात, मुम्बईलगायत राज्यमा आएका आँधीका कारण नेपालको पर्वतारोहणमा नराम्रोसँग असर पर्‍यो, यो वर्ष त्यस्तो नहोस् । केवल हाम्रो देशमा रहेका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीलाई मात्रै नभएर हामी सबैलाई हिमालकी देवीले खुशीका साथ सफलताका लागि आशीर्वाद दिऊन् । यसरी हिमाल आरोहणमा आएका पर्यटकबाट सरकारले यस वर्ष ३९ करोड ५२ लाखभन्दा बढी रुपैयाँ राजस्व प्राप्त गरेको छ । आशा गरौं, हिमाल आरोहणमा आउने पर्यटकको संख्या बढ्दै जाओस् । तर, के बिर्सनु हुँदैन भने सगरमाथा आरोहण गर्नेहरूको भीड जाममा परेको तस्वीर विश्व सञ्चारमाध्यममा जाँदा यसले हिमाल आरोहणमा आउने आरोहीहरूमाझ नकारात्मक सन्देश जान सक्छ । त्यसैले कति आरोहीलाई अनुमति दिने र राजस्व कति लिने भन्नेमा विशेष ध्यान जानु आवश्यक छ । लेखक पर्यटनकर्मी हुन् ।

सगरमाथा र अरू हिमालको कमाइ

अहिलेसम्मको विश्वको अग्लो हिमाल सगरमाथा हो । संयोगले यो हिमाल नेपालमा रहेको छ । यो हिमालको नयाँ उचाइ ८ हजार ८ सय ४८. ८६ मिटर मान्न थालिएको छ । सो निर्णय गत वर्ष नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा गरेका हुन् । त्यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो । खासमा […]