सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । ‘हामी क्यालिबे्रसन फ्लाइटका लागि तयारीमा छौं,’ उनले भने ।
क्यालिबे्रशन फ्लाइटमा सबै सिंगल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण शुरू गर्ने गर्दछन् । गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईसँग सम्झौता भइसकेको छ । रासस