राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएको छ । आइसिवी–१ र आइसिवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि अब विमानस्थल परीक्षण उडानको पर्खाइमा छ । विमानस्थल बिस्तार परियोजनाका अनुसार आगामी बुद्ध जयन्तीमा परीक्षण उडान गर्ने गरी तयारी भैरहेको छ । परीक्षण उडानका लागि प्राविधिक जनशक्तिलाई तालिम दिन अहिले अष्ट्रियाका प्राविधिकहरू भैरहवा विमानस्थलमै छन् । यस्तै थाइल्याण्डका प्राविधिकहरूले पनि भैरहवा विमानस्थलमा तालिम दिन थालेका छन् ।परीक्षण उडान सकिएपछि मात्र प्