चितवन राष्ट्रिय निकुञ्जमा राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्ज खोरमा पाँच वटा बाघ छन् । निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो । कसरामा बाँकेबाट दुई वर्षअघि ल्याएको …